A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8be72q11n1araisb2u7oq12n25abb40q): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१२ वर्षमा बिहे, १३ वर्षमै आमा

बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ। सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिराहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएको थियो । ममताले १३ वर्षकै उमेरमा एक महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् । प्रकाशको ममतासँग दोस्रो विवाह हो । जेठी श्रीमतीतर्फ दुई छोराछोरी छन् । छोरी जन्माएको भन्दै श्रीमान् र परिवारका सदस्यले वैशाख तेस्रो हप्ता घरनिकाला गरेपछि ममता माइतीको शरणमा पुगेकी हुन् ।

आमा–शिशु दुवैलाई कुपोषण
ममता र नवजात शिशु दुवैलाई कुपोषण भएपछि एक साताअघि सुनसरी जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको छ । किशोरी ममतालाई मातृत्वबारे केही थाहा छैन । छोरीलाई स्तनपान गराउन पनि जान्दिनन् । बच्चा कसरी समात्ने र स्याहारसुसार गर्ने भन्ने पनि उनलाई ज्ञान छैन । पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित छ । आमाको स्वास्थ्यमा समेत समस्या देखिएको उपचारमा संलग्न डा। तुषार झाले बताए । माइतीको आर्थिक अवस्थासमेत अत्यन्तै कमजोर भएकाले माइती पक्षबाट पनि किशोरी र शिशुको उचित हेरचाह हुन सकेको छैन । आर्थिक अवस्था कमजोर भएकाले आमा र शिशु दुवैको अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ ।

थप उपचारका लागि धरान लगिने
किशोरीलाई काठमाडौं लान सम्भव नभएपछि उनलाई थप उपचारका लागि मंगलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भएको एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मीना भण्डारीले बताइन् । ‘पीडितको अवस्था गम्भीर बन्दै गएको छ । आमा र बच्चालाई उपचारका लागि धरान लाने तयारी छ,’ भण्डारीले भनिन् । उनले किशोरीको स्वास्थ्य तथा कानुनी दुवै लडाइँ लड्नु जरुरी रहेको बताइन् ।

स्वास्थ्य नाजुक, जहाजले लान मानेन

ममतालाई अधिकारकर्मीको पहलमा ओसिएमसी इनरुवाले सोमबार थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरेको थियो । तर, आमा र बच्चाको अवस्था गम्भीर देखेपछि यती एयरले लान नमानेको एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मीना भण्डारीले बताइन् । ललितपुरमा रहेको पोषण तथा स्याहार केन्द्रको जिम्मा लगाउने गरी सोमबार उनलाई विराटनगर लगिए पनि जहाजले लान नमानेपछि पुनः अस्पतालमै फिर्ता ल्याइएको छ । ममताले समेत काठमाडौं एक्लै जान नमानेकोे भण्डारीले बताइन् । प्रकाशका जेठी श्रीमती र दुई छोराछोरी हुँदाहुँदै अभिभावकले उनको बालविवाह गरिदिएका हुन् । राष्ट्रिय मानवअधिकार क्षेत्रीय कार्यालय विराटनगरले सोमबार किशोरीको अवस्थाबारे जानकारी लिएको छ । क्षेत्रीय कार्यालयका भीमसेन थापा मगरसहितको टोलीले पीडितलाई अस्पतालमा भेटी सोधपुछ गरेको हो ।

२०७५ जेठ १ गते ८:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: