A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionlkpn2varrjvrlo6djnr3i3s8s5bq2vmo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यार्सा संकलनका लागि विद्यार्थी लेकतिर, विद्यालय सुनसान

जुम्लाका पूर्वी भेग पातारासी गाउँपालिकाका विद्यार्थीहरु यार्सा संकलनका लागि लेकतिर गएपछि विद्यालय सुनसान बनेको छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने समय सुरु भएसँगै जिल्ला तथा जिल्ला बाहिरका व्यापारी तथा सर्वसाधारण यार्सा संकलनका लागि लेकतिर गएपछि उनीहरुका बुवा आमाहरुसँग विद्यार्थीहरु पनि यार्सा सकंलनका लागि लेकतिर गएका हुन् । पातारासी गाउँपालिका विद्यार्थीहरु डोल्पा, जुम्ला र मुगु जिल्लाका यार्सा संकलन क्षेत्रतिर गएको सरस्वती मावि पेरे खालाढिकका प्रधानाध्यापक बासुदेव शाहले बताए । उनले भने ‘यार्सा संकलनमा सिजनको समय दुई महिना विद्यार्थी विद्यालय नआउने गरेको एक दशक बित्यो । सबै विद्यार्थी जीविकोपार्जनका लागि यार्सा संकलन क्षेत्रतिर गएपछि विद्यालय सुनसान जस्तै भएको छ ।’ उनले भने ‘विशेष गरी निमावि र मावि स्तरमा पढ्ने विद्यार्थीहरु सबै लेकतिर गएपछि हामी शिक्षक काम विहीन भएका छौँ ।

अहिले कक्षा ७ मा १७ जना विद्यार्थी मध्ये २ जना आउने गरेका छन् । त्यसैगरी कक्षा ८ मा २० जना विद्यार्थी मध्ये एक जना पढ्न आउने र कक्षा ९ मा ४१ जना विद्यार्थी मध्ये १ जना मात्रै कक्षामा आउने गरेको शिक्षक जयसिंह सार्कीले बताए । उनले भने ‘कक्षा १० का सबै विद्यार्थी यार्सा संकलनका लागि लेकतिर गएकाले साना साना विद्यार्थी मात्रै विद्यालय आउने गरेका छन् । दुई महिना त निमावि र माविको पढाई नै बन्द हुन्छ, पछि पाठ्यक्रम सम्पन्न गर्न निकै मुस्किल हुन्छ ।’ बिहान बेलुका गरेर कोर्ष सम्पन्न गरी मंसिरमा फाइनल परीक्षा लिने गरेको प्रधानाध्यापक शाहले बताए । उनले भने ‘यस क्षेत्रको जिविकोपार्जनको मुख्य स्रोत भनेको यहि यार्सा संकलन भएकोले हामीले विद्यार्थीलाई बाहिर नजानका लागि कडाईका साथ रोक्न पनि सकेका छैनौँ । यस पातारासी गाउँपालिकामा पाँच वटा मावि, २० वटा निमावि र ६ वटा प्रावि विद्यालय रहेका छन् । पातारासी गाउँपालिका प्रमुख लछिमन बोहोराका अनुसार क्षेत्रका विद्यार्थीहरु पढाई छोडेर यार्सा संकलनका लागि लेकतिर जाने गरेको स्वीकार गरे । उनले भने ‘यसले बालबालिकाको पठनपाठनमा बाधा पुर्याएको हामीले बुझेका छौँ । आगामी बर्षमा विद्यार्थीहरुलाई बाहिर जान नदिनका लागि केही बैकल्पिक उपायाहरुको खोजी भईरहेको छ ।

२०७५ जेठ २ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: