A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu86fmua3oe90lpd9pnckvsndsul93cs2): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यार्चा टिप्न गएका विद्यार्थीका लागि घुम्ती विद्यालय

डोल्पा जिल्लाका हिमाली पाटनमा यार्चा टिप्न गएका विद्यार्थीका लागि घुम्ती विद्यालयको व्यवस्था गरिएको छ।पढाइ छोडी बालबालिका अभिभावकसँगै यार्सा टिप्न गएपछि पढाइमा वाधा नहोस् भनी घुम्ती विद्यालयको व्यवस्था गरिएको हो। विद्यार्थीको पढाइमा बाधा हुने भएपछि शिक्षा विभागले डोल्पा जिल्लामा घुम्ती विद्यालयको व्यवस्था गरेको शिक्षा विकास समन्वय इकाइ डोल्पाका प्रमुख डोलराज काफ्लेले बताए। शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा जिल्लाका विभिन्न ४ वटा यार्चा पाटनमा घुम्ती विद्यालय खोलिएका छन्। एक महिना यार्चा संकलनको समयमा जिल्लाका साइकुमारी,बाघडाँडा र परपडे पाटन माझफालमा लक्ष्मी मावि थरगाउँ र विद्यामन्दिर मावि माझफालले घुम्ती विद्यालय सञ्चालन गरेका छन्। त्यसैगरी जगदुल्लाको प्वाग पाटनमा मुनामदन प्रावि छाँचु र काइके गाउँपालिकाको ठागे पाटनमा अरनिको मावि शहरताराले घुम्ती विद्यालय सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइका सहायक प्रमुख सिंहराज डागीले बताए। यार्चा पाटनमा घुम्ती विद्यालय सञ्चालनका लागि एकजना प्रधानाध्यापकको संयोजनमा ३ शिक्षक,एक पाल,प्रति विद्यार्थी २ सेट कपी,कलम र विद्यार्थीका लागि खाजाको समेत व्यवस्था गरेको डागीले जानकारी दिए। लामो समयसम्म अभिभावकसँगै बालबालिका यार्चा संकलनका लागि पाटनमै बस्ने भएपछि घुम्ती विद्यालय प्रभाकारी हुने शिक्षा विकास समन्वय इकाइको दावी छ। 

बिहान यार्चा दिउँसो विद्यालय
यति बेला बहुमुल्य जडिबुटी यार्चागुम्बा संकलनका लागि डोल्पाका पाटनमा हजारौंको संख्यामा अस्थायी बसोबास गरी बसेका छन्। बिहान ५ नबज्दै बालबालिका अभिभावकसँग यार्चा खोज्न जान्छन् र दिउँसो १२ बजे पछि डेरामा फर्किएर घुम्ती विद्यालयमा पढ्न जाने गरेको लक्ष्मी मावि थरगाउँका प्रधानाध्यापक भक्तिबहादुर बुढाले बताए। उनले भने, सयौंको संख्यामा घुम्ती विद्यालयमा बालबालिका पढ्न आउँछन् पैसा कमाउँदै पढ्दै गर्न पाउँदा रमाएका छन्। पढ्न पनि पाइने खाजा पनि खान पाइने भएपछि घुम्ती विद्यालयमा पढ्न रमाउने गरेको मुनामदन प्राविका प्रधानाध्यापक भिमबहादुर बस्नेतले जानकारी दिए। पाटनमा भएका सबै बालबालिका रमाउँदै विद्यालय आउने गरेकाले व्यवस्थापनमा अप्ठ्यारो भएको समेत बताए। ८ वर्षदेखि माथिका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धवृद्धासमेत यार्चागुम्बा संकलनकै लागि हिमाली पाटनमा पुगेका छन्। 

यार्चाले ११२ विद्यालय बन्द
जेष्ठको एक गतेदेखि डोल्पाका ११२ वटा विद्यालय सबै बन्द भएका छन्। डोल्पालीको मुख्य आम्दानीको स्रोत मानिने बहुमुल्य जडिबुटी यार्चागुम्बा संकलनका लागि जिल्लाका सबै हिमाली पाटनह खुल्ला भएपछि सबै विद्यालय बन्द भएका छन्। सानासाना बालबालिका पनि यार्चा संकलनका लागि पाटन गएपछि विद्यालय बन्द गर्नु परेको शिक्षक बताउँछन्। बुढापाकाभन्दा पनि बालबालिकाले धेरै यार्चागुम्बा संकलन गर्ने भएकाले अभिभावकले बालबालिकासँगै लैजाने गरेको स्थानीय धनलक्ष्मी बोहोराले बताइन्। उनले भनिन्, एक वर्षको खर्च त बालबालिकाले नै यार्चा टिपेर कमाउँछन् ।उनीहरुको पढाइ खर्चको कुनै समस्या हुँदैन, बरु घरखर्च पनि यिनैको कमाइबाट चल्छ। बालबालिकाले यार्चागुम्बा धेरै  टिप्न सक्ने भएकाले सँगै लिएर आउने गरेको पदमावती बोहोराले बताइन्। उनले भनिन्  आम्दीनको स्रोत केही नभएपछि बाध्य  भएर केटाकेटीलाई सँगै ल्याउनुपरेको हो। प्रति गोटा यार्चागुम्बाको ५ सयदेखि एक हजार सम्ममा खरिद बिक्री हुन्छ। 

२०७५ जेठ ३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: