A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आफन्तबाटै असुरक्षित

चौध वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा गत शुक्रबार ६५ वर्षीय बाबु पक्राउ परे । गोरखा नगरपालिकी सुस्त मनस्थितिकी बालिका बलात्कृत भएको गाउँलेले प्रहरीलाई खवर गरेपछि उनी पक्राउ परेका हुन् ।छोरीलाई पटक–पटक बलात्कार गरेको बाबुले स्वीकारे । गत कात्तिक २ मा १९ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेको भन्दै गण्डकी गाउँपालिकामा ४२ वर्षीय बाबु पक्राउ परेका थिए । मादकपदार्थ सेवन गरेका बाबुबाट बच्न छोरी चिच्याउँदै भागेपछि घटना बाहिर आएको थियो । गत साता भीमसेन थापा गाउँपालिकामा आमा छोराबीच अनैतिक सम्बन्ध देखेर परिवारकै सदस्यले प्रहरीलाई खबर गरिन् । दुवैजनालाई प्रहरीले नियन्त्रणमा लियो । अनुसन्धानको प्रारम्भिक बयानमा आमाको सहमतिमै सबै कुरा भएको बताएपछि प्रहरीहरू पनि छक्क परे । सहमतिमै भए पनि हाडनाता करणीअन्तर्गत मुद्दा दर्ता भएर कारबाही हुने कानुनी प्रावधान छ । जिल्लामा पछिल्लो समय जघन्य प्रकृतिका बलात्कार, जबर्जस्ती करणी उद्योग र हाडनाता करणीका घटना बाहिरिन थालेका छन् । विशेषगरी घरभित्रै भएका यस्ता कतिपय घटनाले अुसन्धानमा खटिने प्रहरी नै अचम्मित बन्ने गरेका छन् । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जिल्लामा ७ जबरजस्ती करणीका घटना दर्ता भए भने ८ जबरजस्ती करणी उद्योगका दर्ता भएका छन् ।  दर्ता भएका मध्ये धेरैजसो घटना छरछिमेकीबाटै भएको पाइएको प्रहरी निरीक्षक कमला नराल बताउँछिन् । ‘यतिखेर घरमा कोही मान्छे हुँदैन भन्ने छिमेकीलाई मात्र थाहा हुन्छ, त्यो घरको आनीबानी पनि नियाल्न सक्ने भयो,’ उनले भनिन्, ‘घटनामा कि छिमेकी छन्, कि त हाडनाताकै कोही मान्छे ।’ जिल्लामा भएका घटना विश्लेषण गर्दा ६० नाघेका वृद्घहरूबाट पनि बालिका र महिला बलात्कृत हुने गरेका घटना बाहिर आएका छन् । गत असोज २५ मा १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा भीमसेन गाउँपालिका ६ का ८५ वर्षीय वृद्घ पक्राउ परेका थिए ।

१० रुपैयाँ दिएर वृद्घले बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । विशेषगरी बालिकालाई ललाईफकाई यौन हिंसाको सिकारमा पार्ने गरेको महिला तथा बालबालिका सेवा केन्द्र गोरखाको तथ्यांक विश्लेषणमा देखाउँछ । गत फागुन २७ मा गोरखा नगरपालिका १० की ८ वर्षीया बालिका १४ वर्षीय बालकबाट बलात्कृत भइन् । धारामा पानी लिन जाँदा फकाईफुल्याई बलात्कार गरेको प्रहरीमा जाहेरी छ । चैत २४ मा अर्की ६ वर्षीया बालिका घरमा एक्लै भएका बेला १४ वर्षीय बालकबाट बलात्कृत भइन् । ‘टिन एज’ मा नबुझ्दा नबुझ्दै पनि यस्ता घटना हुने गरेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् । चालु आवमा दर्ता भएका यौन दुव्र्यवहारका घटनामध्ये आधाजसो घटनाबाट बालिकाहरू प्रभावित बनेका छन् । अशिक्षा र गरिबी कारण पनि यौनजन्य हिंसाका घटना हुने गरेको पाइएको प्रहरी निरीक्षक नरालको भनाइ छ । ‘फकाईफुलाई केही प्रलोभनमा पारेर पनि यस्ता घटना भएको पाएका छौं,’ उनले भनिन्, ‘दलित समुदायका घटना धेरै दर्ता भएका छन् । अशिक्षा र गरिबी पनि कारक छ । मादकपदार्थ सेवन गरेर अद्र्धचेत अवस्थाका पुरुषबाट पनि यहाँ यौनजन्य घटना भएका छन् । धैरैजसो पीडकले यौन उत्तेजनामा आउँदा घटना भएको प्रहरीसँगको बयानमा बताउने गरेका छन् । ‘बयान लिँदा त्यो बेला के भयो थाहै पाइनँ भन्ने थुप्रै हुन्छन्,’ प्रहरी नायब निरीक्षक मोहन खडका भन्छन्, ‘सबुत प्रमाणले कसुर प्रमाणित हुँदाको अवस्थासम्म पनि कतिले सजिलै स्वीकार्दैनन् ।’ घटना भएर पक्राउ परेपछि कतिले भने पछुतो मान्ने गरेको उनले बताए ।

बलात्कारीलाई १० वर्ष कैद
लमजुङ (कास)– ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका दोर्दी गाउँपालिका २ साँखरका ४६ वर्षीय सन्तबहादुर परियारलाई अदालतले १० वर्षको कैद र पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार यस्तो फैसला गरेको स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए । २०७४ साउन ६ मा पक्राउपछि मादकपदार्थ सेवन गरेको अवस्थामा आफूबाट कसुर भएको स्वीकारेका उनलाई त्यसबेला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

 २०७५ जेठ ३ गते १०:१८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: