A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सर्लाहीको स्थानीयस्तरमा बालविवाह चुनौती, बालविवाह रोक्ने यस्तो काइदा

सर्लाहीको गोडैता नगरपालिका र चन्द्रनगर गाउँपालिकामा बाल विवाह रोक्ने अभियान सुरु भएको छ । स्थानीय तहले अभियान चलाएर नगरपालिकामा बाल विवाह रोक्न थालेपछि अभिभावकहरु आफ्नो बालबालिकाको भारत बिहार प्रान्तको सितामढीमा गई विभिन्न विवाह मण्डपमा विवाह गर्न थालेपछि गोडैता नगरपालिका प्रमुखलाई बाल विवाह अभियान सञ्चालन गर्न समस्या भएको जनाइएको छ । बाल विवाह न्यूनिकरण गर्न सर्लाहीमा स्थानीय तह अग्रसर देखिए पनि भारतीय विवाह मण्डपमा बाल विवाह हुन थालेपछि आफू चिन्तित भएको गोडैता नगरपालिकाका अध्यक्ष देवेन्द्र कुमार रायले बताए । गोडैता नगरपालिकाको १२ वटै वडामा बालविवाह रोक्न नगर उप–प्रमुख अञ्जना कुशवाहाको नेतृत्वमा नगरसमिति र ‘सेभ दि चिल्ड्रेन’ तथा आरआर पिकेको संयोजनमा  बाल संरक्षण समिति गठन गरी अभियानको माध्यमबाट हालसम्म नगरपालिकाले ७ वटा बालविवाहको घटना रोक्का गरेको नगर अध्यक्ष रायले जानकारी  दिए । १८ वर्षमूनिका बालबालिकाहरुको बाल विवाहको मिति तय भएपछि ५ वटा उजुरी परेको जनाउँदै यस समस्याको समाधानमा लागेको उनले बताए । बालविवाह रोक्न शिक्षित नगरवासी, जिल्ला प्रशासन अधिकारी तथा जिल्ला प्रहरी कार्यलयको सहयोग लिएर यो अभियान सफल बनाएर छाड्ने मेयर रायको दाबी छ ।केही दिन पहिले यो अभियानको विरुद्धमा स्थानीयहरुले नगरपालिका घेराऊ गरि विरोध  जनाएका थिए । बालविवाह समाजको विकृति रहेकोबारे स्थानीयवासीलाई सम्झाएर भनेपछि स्थानीयवासीले समेत यसप्रति गम्भिर भएको उप–प्रमुख अञ्जना कुशवाहाले बताइन् । बालविवाह अन्त्य गर्न हाल नगरपालिकामा रहेको विद्यालयका छात्र तथा छात्राहरुलाई  बालविवाह सम्बन्धि कक्षा सञ्चालन गरिएको नगरपालिकाको कार्यकारी अधिकृत विकाश यादवले बताए । त्यस्तै चन्द्रनगरमा बालविवाह अन्त्यको लागि साउन १ गतेदेखि जन्मेको छोरीको नाममा अभिभावकले ५ हजार, गाउँपालिकाले २० हजार  र नेपाल  बङलादेश बैंकले २ हजार गरि जम्मा २७ हजारको २० बर्षे मुद्वती खाता खोल्ने अभियान चलाएको  छ । विद्यालय शिक्षा पूरा गरि २० बर्ष उमेर भएपछि विवाह गरेमा सम्पूर्ण रकम दिने र यी शर्तहरु पूरा नभए गाउँपालिकाको खातामा पैसा आउने गाउपालिका अध्यक्ष महेन्द्र महतोले बताए । हालसम्म ५२ वटा खाता सञ्चालन गरेपनि खासै प्रभावकारी नदेखिएको स्थानीय युवा रमेश यादवको भनाई छ । उनले स्थानीय तहको लागि बालविवाह चुनौती नै रहेपनि यसको लागि अभिभावकलाई समेत जनचेतनाको आवश्यकता रहेको औल्याए । बालबिबाह दण्डनीय अपराध तथा सामाजिक कुरीति रहेकाले यसको अन्त्यको लागि आफू गम्भिर रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए।

२०७५ चैत २६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: