A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionh1u2hjh17sssko1lkhmig156ss7ikikm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तनाव भुल्दै एसईईमा

बस्न घर छैन । खान अन्न छैन । हावाहुरीले मच्चाएको वितण्डा दिमागमा ताजै छ । जसोतसो सम्हालिँदै हावाहुरी प्रभावित क्षेत्रका विद्यार्थीले एसईई परीक्षा लेख्दै छन् । भुमरीले दिएको पीडालाई कहिलेसम्म रटदै बस्ने रु’ फेटा गाउँपालिका–१ भलुहीका परिक्षार्थी दिनेश पटेलले भने, ‘एसईई पास गरेर पढाइलाई निरन्तरतादिनु पनि छ । पटेलले गत आइतबारको हुरीमा भाइ गुमाएका थिए । बेंगा साह मावि प्रसौनीका विद्यार्थी पटेल नेरामावि खुटवाजब्दी परीक्षा केन्द्रमा परीक्षा लेख्दै छन् । उनले शुक्रबार विज्ञान र शनिबार सामाजिक शिक्षा विषयको परीक्षा लेखे । ‘पढ्ने राम्रो वातावरण छैन, ‘पहिलाकै तयारीका आधारमा परीक्षा दिइरहेको छु, उनले भने । प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको एसईई शुक्रबारबाट भइरहेको छ । हावाहुरीले बढी क्षति गरेको क्षेत्रका ७६ विद्यार्थी एसईई परीक्षामा सहभागी छन् । जिल्लाको गढीमाई महेन्द्र आदर्श नमुना प्राविधिक विद्यालय बरियारपुर परीक्षा केन्द्रबाट ३० जना, नेरामावि पिप्राढी बेनौली परीक्षा केन्द्रबाट ४ जना, नेरामावि खुटवाजब्दी परीक्षा केन्द्रबाट ३२ जना र बेंगा साह मावि प्रसौनी परीक्षा केन्द्रबाट १० जना गरी ७६ जना भुमरी सहितको हावाहुरी प्रभावित परीक्षार्थी एसईई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई बाराका शाखा अधिकृत अशोक रौनियारले जानकारी दिए । ‘हावाहुरी प्रभावित विद्यार्थीले सहज रूपमा परीक्षा दिन पाएका छन्,’ उनले भने, ‘प्रवेश पत्र हराएकाहरूलाई पनि प्रवेश पत्रको नक्कल उपलब्ध गराएका छौं ।’ हावाहुरीबाट प्रभावित क्षेत्रका विद्यार्थीका लागि विभिन्न संघसंस्थाको सहयोगमा परीक्षा केन्द्रमै खान तथा बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । हावाहुरी प्रभावितलाई परीक्षा केन्द्रमै खानेरबस्ने व्यवस्था मिलाइएको नेरामावि खुटवाजब्दी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रवीन्द्र गिरीले बताए । ‘विभिन्न संघसंस्थाको सहयोगमा खानेरबस्ने व्यवस्था मिलाएका हौं,’ उनले भने । स्थगित परीक्षा सुरु भएको दिन उनीहरूलाई संघसंस्थाको सहयोगमा जुस समेत खुवाइएको उनले जानकारी दिए । तेलगाईका एसईई विद्यार्थी रिन्कु कुमारीको प्रवेशपत्र हुन्डरीले उडाएर गाउँभन्दा झन्डै ५ किलोमिटर टाढाको बैरिया गाउँ पुर्‍याएको थियो । बैरियाबाट रिन्कुको प्रवेशपत्र पाउनेले तेलगाई ल्याइदिएको परीक्षा निरीक्षक वीरेन्द्र प्रसाद यादवले जानकारी दिए । प्रभावित विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराउन सहज वातावरण बनाइएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । ‘प्रभावित कोही परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छैनन्,’ उनले भने, ‘प्रवेशपत्र हराएकाहरूलाई सिटरोलमार्फत परीक्षामा सहभागी गराउन केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ । बारामा ३ हजार ८ सय ३८ छात्र र ३ हजार ८ सय ८८ छात्रा गरी कुल ७ हजार ७ सय २६ जना विद्यार्थी एसईईमा सहभागी छन्।

२०७५ चैत २४ गते ७:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: