A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7t43ac94fqe762k4642ragaqvtduejmb): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सुनौलो हजार दिनका परिवारको घरमा झण्डा

जिल्लाको शिवनाथ गाउँपालिका-३ का अधिकांश घरको छाना तथा घर नजिकैको आगनमा झण्डा गाडिएका छन्। गाउँमा पुग्ने नयाँ मानिसले कसैको घरमा पहेलो तथा कसैको घरमा हरियो झण्डा गाडेको देख्न पाउँछन्। गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयको घरमा झण्डा गाडिएको छ। सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा गाडिएको अहेव मोहन कलौनीले बताए। उनले भने, वडाभरीका गर्भवती महिलाका घरमा पहेलो झण्डा र दुई वर्ष मुनिका बालबालिका भएको घरमा हरियो झण्डा गाडेका छौं। गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने भएकाले उनीहरुलाई सेवा प्रदानमा सहज होस् भनेर झण्डा गाडिएको अहेव कलौनीले बताए। उनले भने, हामीले सुनौलो हजार दिनका परिवारको घरमा झण्डा गाडेको कुरा सबैलाई बताएका छौं।सरकारी तथा गैरसरकारी संस्थाले स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दा ती घरधुरीलाई प्राथमिकतामा राख्न भनेका छौं। वडाका २० घरमा पहेलो र ९५ घरमा हरियो झण्डा गाडिएको अनमी मीना नाथले बताइन्।उनले भनिन्, हामीले पनि गाउँमा जाँदा झण्डा गाडेको घरमा पुगेर स्वास्थ्य सेवा दिन सजिलो भएको छ। पहिचानका लागि पनि यसले सहयोग पुर्‍याएको छ। झण्डा गाडिएका घरमा स्वास्थ्य र पोषणका कार्यक्रम केन्द्रित गर्नुपर्ने कुरा सबैलाई जानकारी दिन पनि सजिलो भएको अनमी नाथले बताइन्। वडाभरीका सुनौलो हजार दिनका आमा र बच्चा कोही पनि कुपोषित नहोउन र उनीहरुको पोषणमा पहुँच पुर्‍याउन सजिलो का लागि झण्डाले घर चिनाएको अहेव कलौनीले बताए। घरको छानामा झण्डा राखेदेखि स्वास्थ्यकर्मीले समेत नियमितरुपमा गर्भजाँच गराए नगराएको बारेमा, पोषिलो खानेकुरा लगायतका विषयमा सोध्ने गरेको स्थानीय सीता पार्कीले बताइन्। उनले भनिन्, घरमा आउने स्वास्थ्यकर्मीले स्वास्थ्य बारेमा सोध्ने गरेका छन्। यसले हामीहरुलाई पनि सजिलो भएको छ। हरियो र पहेलो झण्डाले चिनाएका घरमा पोषणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी समेत भएको अहेव कलौनीले बताए।

२०७५ चैत २१ गते १:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: