A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घर भत्काउने क्रममा दुई बालिकाको मृत्यु स् दुई घाइते

घर भत्काउने क्रममा खसेको पर्खालले थिचेर पश्चिम नवलपरासीको सुनवलमा दुई बालिकाको बिहीबार मृत्यु भएको छ।  दुईजना घाइते छन्।  एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सुनवल नगरपालिका-१० गैंडाखालका कर्णबहादुर थापाको घर भत्काउने क्रममा अकस्मात भत्किएको पर्खालले थिचेर गम्भीर घाइते भएका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक विरेन्द्र थापाले बताए। घरको पर्खाल भत्काइरहेको नजिकै खेलिरहेका बालबालिका पुरिएका थिए। इँटा र माटोले बनेको पुरानो घर मर्मतका लागि भत्काउन थालिएको थियो।  सोही क्रममा अकस्मात पर्खाल भत्किएपछि च्यापिएर उनीहरुको मृत्यु भएको हो। घाइते अवस्थामा रहेका चार जनामध्ये एक जनाको आम्दा अस्पता बुटवल र अर्काको देवदह मेडिकल कलेज भलूहीमा उपचारको क्रममा मृत्यु भएको थापाले जानकारी दिए। मृत्यु हुनेमा रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षा रहेका छन्। घाइतेमध्ये रमेश खत्रीकी ६ वर्षीया छोरी दीक्षाको अवस्था गम्भीर छ। अर्की सात वर्षीया समीक्षा घाइते छन्।  उनको अवस्था मध्यम छ। दुवैको प्रादेशीक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।   

२०७५ चैत २१ गते ३:५४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: