A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भारतबाट नेपाल ल्याएर बलात्कार

१४ वर्षीया भारतीय बालिकालाई ललाइफकाई नेपाल ल्याएर बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत विहारको सीतामढी जिल्ला पिपरा विसनपुर गाउपञ्चायत ७ का ७५ वर्षीय मोहमद अन्सारीलाई औरही नगरपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट भारतीय पहिचानपत्रसमेत बरामद भएको छ । गौशालास्थित इलाका प्रहरीका अनुसार मोहमदलाई औरही १ स्थित आलम अन्सारीको घरमा बालिकासहित लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरिएको हो । मोहमदले भारत विहारकै सीतामढी जिल्लाअन्तर्गत पर्ने महादेवपट्टी गाप १५ निवासी १४ वर्षीयालाई डेढ महिनाअघिझुक्याएर औरही ल्याएकोप्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार अति निर्धन परिवारकी बालिकालाई नेपाल घुमाइदिन्छु भन्दै ललाइफकाइ ल्याएर जवरजस्ती गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कारकापमा पारी लामो समयदेखि यौन शोषणमा परेकी बालिका बोल्न नसक्ने अवस्थामा छिन।बालिकाको मेडिकल गराई भारतबाट उनको बुवालाई झिकाएर जिम्मा लगाएको प्रहरीले जनाएको छ । गौशाला प्रहरीले मोहमदविरुद्ध जवरजस्ति करणी मुद्दा दर्ता गरि छानविन सुरु गरेको जनाएको छ । महोत्तरी जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार १० दिनको म्याद दिएको छ।

२०७५ चैत २९ गते ९:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: