A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हावाहुरीपछि पाँच महिने बालिकाको दर्दनाक कथा

कीर्ति पटेल अन्योलमा छिन्।कसैलाई रोइरहेको देखे, रोइदिन्छिन्। कसैलाई हाँसिरहेको देखे, हाँसिदिन्छिन्।तर, उनलाई थाहा छैन, किन रुनुपर्छ भन्ने कुरा। प्रकृतिको भयानक उदण्डतासँग कीर्ति पनि जुधिन्। सायद, भविश्यमा उनलाई यो वितण्डा याद नहोला। किनकी कीर्ति मात्र ५ महिनाकी भएकी छन्। बारा जिल्लाको भरवलिया अर्थात् वीरगंज सहरदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने एउटा सानो गाउँ। जहाँ आइतबार साँझ भयानक हावाहुरी पस्यो। र, त्यो हुरीले गाउँका कयौं घर तहसनहस पारिदियो। ती तहसनहस हुने घरमध्येमा एउटा कीर्तिको घर पनि पर्छ। जहाँ उनी जन्मिएकी थिइन्। कीर्तिलाई बोकेर ७ वर्षीया दिदी सोलत पटेल चर्को घरमा दौडिरहेकी छन्। उनको हातमा एउटा चाउचाउको प्याकेट छ। कीर्तिको हातमा अर्को चाउचाउ छ। यस्तै अरु चाउचाउ पाउने आशाले कीर्तिलाई बोकेर सोलत सडकमा दुई दिनदेखि दौडिरहेकी छन्। र, उनीहरूले त्यही चाउचाउले नै पेट भरिरहेका छन्। कीर्तिका दाँत निस्किएका छैनन्।त्यसैले सोलतले आफूले चपाएको चाउचाउ बहिनीको मुखमा हालिदिन्छन्। हावाहुरीले कीर्तिको घर ढालिदियो। सँगै, उनकी आमा निरादेवी पटेललाई पनि गम्भीर घाइते बनाएको छ।अहिले निरादेवीको वीरगंजस्थित अस्पालमा उपचार भइरहेको छ। कीर्तिका बुवा सन्तोष पटेलको पनि टाउकामा चोट लागेको छ। घाउमा टाँका लगाएपछि उनी घर फर्किएका छन्। छोरीहरू सम्हाल्न म यहाँ बसेको छु, समय मिलाएर उसलाई ९श्रीमती० पनि भेट्न जान्छु,ु सन्तोष भन्छन्, हामीलाई चोट लागेपनि बच्चालाई भेन केही भएको छैन। तर, यिनीहरूको अवस्था अफ्ठ्यारो छ, राम्रोसँग खान पाएका छैनन, सुत्न पाएका छैनन्। कीर्ति पनि बिरामी भएकी छिन। कीर्तिकी आमा निरादेवीको उमेर मात्र २० वर्षको छ। बुवाको उमेर २१ वर्षको। कीर्ति जन्मिनुभन्दा ६ वर्षअघि उनकी दिदी सोलत जन्मिएकी थिइन्। हाम्रो परिवारको चाहाना छोरा थियो, किर्तिका बुवा सन्तोष भन्छन्, तर छोरी नै भयो, पहिले निरास भएपनि पछि सबैजना खुसी छौं। भयानक हावाहुरीबाट कीर्ति मुस्किलले बाँचिन्। निरादेवी उनलाई भित्र सुताएर काम गरिरहेकी थिइन्। आकाश मढारिरहेको थियो। हुरी चल्न थाल्यो। कीर्तिका बुवा सन्तोष पनि घरमै थिए। एक्‍कासी कुनै भयानक गर्जन सुनियो। कुनै ठूलो जेनेरेटर चलेजस्तो आवाज आयो, यताउता केही देखिएन, हामी घरभित्रै बसिरहेका थियौं, घरको त्यतिखेरै घर पनि भत्किन थाल्यो, सन्तोष त्यो दिन सम्झिन्छन्, छोरीलाई च्यापेर बस्यौं, त्यसपछि घरभित्र धसलो पस्यो र केही थाहा भएन, उनले भने। हावाहुरी सकिएपछि गाउँमा कोलाहाल मच्चियो।राति भइसकेको थियो।माहोल झनै भयानक हुँदै गयो।निरादेवीलाई धेरै चोट लाग्यो।सन्तोषको पनि टाउकोबाट रगत बगेको थियो।उपचार पछि आफू फर्केपनि खान र बस्ने समस्याले सन्तोषलाई पीरलो छ।आफू घाइते भएपनि मुटुका टुक्रालाई सकुशल बचाउन सकेकोमा सन्तोष खुसीको श्वास फेर्दैछन्।

२०७५ चैत २१ गते १२:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: