A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessions6b608ukldqah1mrt3htk841ltl0golc): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सल्लाको दियालो बालेर पढ्छिन् प्रधानमन्त्रीकी छोरी

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष वैशाख १ गते रारामा विद्यालय भर्ना अभियानको सुरुवात गरेका थिए। विद्यालय भर्ना अभियानसँगै प्रधानमन्त्री ओलीले एक बालिकालाई छोरी भनेर सम्बोधन गरी काखमा च्यापेर भर्ना गराएका थिए। ठिल्लेका बुवा छैनन्। आमा, बाजेबजै र एक बहिनी छन्। ठिल्ले साङमु लामा गाउँमा प्रधानमन्त्रीकी छोरीका रूपमा चिन्ने गर्छन्। उनलाई सबैले प्रधानमन्त्रीकी छोरी भनेर बोलाउँछन्। सबैले मलाई प्रधानमन्त्रीकी छोरी भन्छन्, उनी भन्छिन्, म पनि पढेर ठूलो भए प्रधानमन्त्री बन्छु। शिक्षकका भनाइमा शान्त शालीन स्वाभावकी ८ वर्षीयाकी ठिल्ले साङमु पढाइमा, सरसफाइमा राम्री र एक असल छात्रा हुन्। घरायसी कामदेखि नियमित विद्यालय आउने पढाइमा पनि राम्रो ज्ञान भएकी ठिल्ले साङमु लामा यो वर्ष कक्षा १ बाट प्रथम भई कक्षा २ मा प्रवेश गरेकी बुद्ध मावि माग्रीका निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए। विद्यालयमा पनि ठिल्ले साङमुलाई प्रधानमन्त्रीकी छोरी भनेर अन्य विद्यार्थीले चिन्ने गरेका प्रधानाध्यापक ओलीको भनाइ छ।

सल्लाको दियालो बालेर पढ्छिन्

प्रधानमन्त्री छोरी ठिल्ले साङमु लामाको घरमा उज्यालो बनाउने कुनै वस्तु छैन। उज्यालोका लागि सल्लाको दियालो प्रयोग गर्ने गरिन्छ। तर, त्यो सजिलै पाइँदैन। उज्यालोका लागि सल्लाको दियालो ल्याउन एक दिनभरि जंगल जाने गरेको आमा छिजु तामाङ लामाले बताइन्। घरमा उज्यालो गर्ने अन्य साधन नभएपछि सल्लाको दियालो बाल्ने गरेका छौँ। छोरीले पनि अध्यारोको समय सल्लाको दियालो बालेर पढ्ने गरेकी छिन्। विद्यालयमा कस्तो पढ्छिन्, थाहा छैन। तर, घरमा घरायसी समस्याले पढ्न खासै पाउँदिनन्, उनले भनिन्, सोलार किन्ने पैसा छैन। खेतीपाती गरौँ, जग्गा छैन। तीन महिनासम्म पनि खाना पुग्दैन। श्रीमान् तीन वर्ष पहिले बित्नुभयो। सबै जिम्मेवारी ममाथि थपिएको छ। प्रधानमन्त्रीले छोरीलाई स्कुल त भर्ना गरिदिनुभयो। कापी कलम किन्नै समस्या छ।

राधिका शाक्यकी छोरी

रारामा भर्ना गराएका ८ जना विद्यार्थीमध्ये प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङ छेम्जोम स्कुल त जान्छिन् तर उनको पढाइ राम्रो नभएको विद्यालयले जनाएको छ। उनी पनि प्रधानमन्त्री ओलीले भर्ना गराएकी ठिल्ले साङम लामा पढ्ने विद्यालय बुद्ध मावि माग्रीमा नै पढ्छिन्। उनको पढाइ खासै राम्रो नभएको र विद्यालयमा पनि नियमित नआउने गरेको विद्यालय जनाएको छ। छिरिङ छेम्जोम लामा कक्षा २ बाट ३ मा प्रवेश गरेकी छन्। छिरिङ छेम्जोमको पनि बुवा छैनन्। उनका बुवालाई चार वर्षअघि यार्सा संकलनका क्रममा लुटेराले मारेको थियो। घरमा आमा दुईबहिनी भएकी छिरिङ छेम्जोमको घरमा पनि प्रधानमन्त्रीकी छोरी ठिल्ले साङमुको जस्तै छ। एकल आमाले अर्काको काम गर्न गरेर बालबच्चाको पालनपोषण गर्दै आएकी छिन्।

२०७६ बैशाख १ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: