समाचारमा बालबालिका

बालबालिकाले सहपाठीको दृष्टि परीक्षण गर्ने

जिल्लाका ४ हजार बालबालिकाको दृष्टि परीक्षण गर्न बालबालिका नै परिचालन हुने भएका छन् । वीपी नेत्र प्रतिष्ठानले जिल्लाका ६ नगरपालिका र बेथानचोक गाउँपालिकाको २० विद्यालयका ती बालबालिकाको दृष्टि परीक्षण गर्न ८४ विद्यार्थीलाई तालिम दिएर परिचाल गर्न लागेको परियोजना प्रमुख राजन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार तालिम दिएपछि उनीहरुले सहपाठीको दृष्टि क्षमता जाँच गर्नेछन् । दृष्टि परीक्षण गरेपछि नजिकैको आँखा जाँच केन्द्रमा परीक्षण गरेपछि चश्माको आवश्यक परे प्रतिष्ठानले नै निशुल्क उपलव्ध गराउनेछ । ‘विगतमा बालबालिकालाई नै दृष्टि परिक्षण गर्न लगाउँदा प्रभावकारी देखिएकाले ६ जिल्लामा पुनः यही कार्यक्रम गर्दैछौँ,’ उनले भने, ‘तालिम लिएका बालबालिकाले परीक्षण गरेपछि नजिकको आँखा केन्द्रबाट जाँच गराउँदा चस्मा आवश्यक भए त्यो पनि निशुल्क उपलब्ध गराउछौं ।’बालबालिकाको सहयोगको लागि प्रतिष्ठानले शिक्षक र नजिकैको स्वास्थ्य संस्थाका प्रतिनिधिलाई पनि तालिम दिनेछ।

२०७६ असोज ६ गते ४:०४ मा प्रकाशित