समाचारमा बालबालिका

भीरबाट लडेर बालकको मृत्यु

भीरबाट लडेर बैतडीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–८ धारीका १४ वर्षे सुनिल महरा रहेका बैतडीका प्रहरी प्रमुख नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। बाख्रा चराउन गएका बेला स्थानीय धारी भीरबाट लडेर बालकको मृत्यु भएको हो। शुक्रबार बेलुका ५ बजेतिर भीरबाट लडेर गम्भीर घाइते भएका बालकको शनिबार बिहान उपचारको क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको छ।यसअघि गएको भदौ ३० गतेपनि घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीको सिगास गाउँपालिका–८ पुतलीपुरकी १४ वर्षे नारुली बोहराको ज्यान गएको थियो।

२०७६ असोज ११ गते २:३५ मा प्रकाशित