A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3ghcfspe0ros7jk0v4pq1ta22sh91oaq): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाँधमा डुबेर दुई बालिकाको मृत्यु

सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरमा आइतबार दिउँसो बाख्रा चराउन गएका दुई बालिकाहरू बाँधमा डुबेर मृत्यु भएको छ । गोविन्दपुर गाउँ नजिकै दक्षिणतिर पर्ने जोभा जंगलको सार्वजनिक बाँधमा डुबेर १० वर्षीय प्रतीक्षा थापा र १२ वर्षीय रानी खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरीले करिब साढे सात फिट पानी रहेको बाँधमा बालिकाहरु डुबेको खबर पाए लगत्तै घटनास्थल पुग्दा मृत अवस्थामा भेटिएको बताए । बालिकाको शवलाई निकालेर पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको जानकारी दिए ।बाख्रा चराउने गएका उनीहरूमध्ये थापा डुबेपछि साथीलाई बचाउन गएकी खातुन पनि डुुबेकी प्रहरी निरीक्षक पुरीले जानकारी दिए ।डुबेर मृत्यु भएकामध्ये प्रतीक्षाकी बाबु राजुको केही वर्षअघि निधन भएको थियो । बाबुको निधनपछि आमाले दोस्रो विवाह गरेसँगै उनी हजूरबाको घरमा बस्दै आएकी थिइन् । ‘विद्यालय बिदाको दिन भएकाले बाख्रा चराउन गएका बेला दुवै बालिका दुर्घटनामा परेछन्’ वडाध्यक्ष रामपुकार कामतीले सुनाए ।त्यस्तै, खातुनकी बाबु उनी जन्मिए लगत्तै बेपत्ता भएपछि आमा करिब सात वर्षअघि दोस्रो विवाह गरेर हिँडेकी थिइन् । आमाको नयानो काख र बाबुको मायासमेत गुमाएकी खातुन मावलीमा बस्दै आएकी थिइन्।

२०७६ असोज ६ गते ५:२४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: