A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session2ft16jgslm1cag2tfj7ur5ljlhtpfp7j): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार गर्न नपाएपछि हत्या

बलात्कार प्रयास असफल भएपछि सिन्धुलीमा एक बालिकाको हत्या गरिएको छ । बलात्कार प्रयास भएपछि प्रतिवाद गर्दा मरिण गाउँपालिका १ आहालेकी १३ वर्षीया बालिका छलिमाया मोक्तानको हत्या गरिएको हो । सोही ठाउँका एक १५ वर्षीया युवकले मोक्तानलाई यौन सम्पर्क गर्न नपाएको झोकमा घाँटी थिचेर हत्या गरेको प्रहरीले जनायो । एक्लै बाटोमा हिँडिरहेको मौका छोपी ती युवकले फकाएर जंगलमा पुर्‍याएकी मोक्तानलाई जबरजस्ती बलात्कार गर्ने प्रयास गरेपनि असफल भएपछि घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जनाए । अभियुक्त नाबालक भएको भन्दै प्रहरीले नाम भने खुलाउने चाहेको छैन् । मोक्तान गाउँमै रहेको हजुरआमाको घरमा गएर फर्कदा बाटोमा पिछागर्दै आएका ती युवकले जंगल नजिकै आएपछि नजिकै रहेको खोल्सामा लगेर बलात्कार प्रयास गरेपछि प्रतिवाद गर्दा घाँटी थिचेर हत्या गरेको पाइएको छ, सिंहले भने । बालिकासँग करिब एक घण्टा गफ गरेको र यौन प्रस्ताव राख्दा अस्वीकार गरेपछि घाँटी निमोठेको र बालिका लडेपछि ढुंगाले टाउकोमा हिर्काएर हत्या गरेको युवकले स्वीकार गरेको उनले जनाए । शुक्रबार हजुरआमाको घरबाट फर्केकी मोक्तान एकाएक हराएपछि परिवारले खोजतलास गर्नेक्रममा उनलाई गत शनिबार खोल्सामा मृत अवस्थामा भेटाएका थिए । घटनापछि स्थानीयले ती युवक मोक्तानसँगै गएको भन्ने सूचना दिएपछि प्रहरीले युवकलाई शनिबार पक्राउ गरी अनुशन्धान थालेको थियो ।सिंहका अनुसार घटनास्थलमा युवकको चप्पल फेला पर्नु  र अरु सवुत प्रमाण भेटिनुले युवकलेनै मोक्तानको हत्या गरेको  स्पष्ट बुझिन्छ। घटनापछिको प्रारम्भिक अनुसन्धान सकेर ढिलागरी प्रहरीले घटना बारे सार्वजनिक गरेको हो । मृतक बालिकाको शव सिन्धुली अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ । युवक काठमाडौंको होटलमा मजदुर गर्दै आएका थिए।

२०७६ असोज ६ गते १:०२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: