A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiont5tiij0pgqqjf3ncropuvl53piqvfjok): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

असुरक्षित गर्भपतन गराउने किशोरी बढी

रोल्पा अस्पताललगायत जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भपतन गराउन निःशुल्क सुविधा छ। त्यसो त अस्पतालसहित अन्य दुई प्राथमिक स्वास्थ्य केन्द्रमा १२ हप्तासम्मको क्लिनिकल अर्थात् उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनको पनि निःशुल्क सुविधा छ। तर विविध कारणले यहाँका किशोरी असुरक्षित गर्भपतन गराइरहेका छन्। उनीहरू थाहा हुँदाहुँदै पनि गर्भनिरोधबारे वास्ता गर्दैनन्। असुरक्षित गर्भपतन गराउँदा आर्थिक हिसाबले महँगो पर्ने मात्र नभएर ज्यानकै जोखिम रहने भए पनि किशोरीहरू अझै सरकारी संस्थाको निःशुल्क र भरपर्दो सेवा लिँदैनन्। निजी अस्पताल र मेडिकलमा कुनै जाँचबिनै गैरकानुनी रूपले औषधिको कारोबार भइरहेको छ। जिल्ला अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षमा रगत चढाइएका ५९ जनामध्ये १६ जना असुरक्षित गर्भपतनका बिरामी थिए। ‘हामीभन्दा पनि तथ्यांक बोल्ने हो। रोल्पामा असुरक्षित गर्भपतन गर्नेको संख्या धेरै छ,’ जिल्ला अस्पताल रोल्पाका डा। प्रकाशबहादुर बुढा भन्छन्, ‘सरकारी स्वास्थ्य संस्थामा गोपनीयता हँुदैन कि भन्ने त्रासले उनीहरूले निजी अस्पताल वा मेडिकलबाट औषधि किनेर खाने गरेका छन्।’ प्रायः अविवाहित किशोरीमा यो समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन्। परिवार नियोजनका साधनबारे पर्याप्त जानकारी नहुनु र सामाजिक डरत्रासले पनि असुरक्षित गर्भपतन बढेको हो। अत्यधिक रक्तस्रावपछि रगत नै दिनुपर्ने बिरामीको संख्याभन्दा अझ धेरै महिला गर्भपतनसम्बन्धी समस्या लिएर अस्पताल आउने गरेका छन्। गत आर्थिक वर्षमा रोल्पाका विभिन्न स्वास्थ्य संस्थामा ७ सय ६५ जनाले सुरक्षित गर्भपतन गराएको आधिकारिक तथ्यांक भए पनि असुरक्षित गर्भपतन गराउनेको संख्या त्योभन्दा ठूलो छ। महिलाहरूले निजी अस्पताल वा मेडिकलबाट लिएर औषधि खाने अनि रगत बगाउँदै जिल्ला अस्पताल आउने गरेको स्टाफ नर्स मीना कवर बताउँछिन्। सुलिचौर प्राथमिक केन्द्रका डा। प्रकृति भट्टराईका अनुसार असुरक्षित गर्भपतनले जिल्लामा बिगबिगी मच्चाएको छ।

अमेरिकी एक संस्था गट्माकर इन्स्टिच्युटको तथ्यांकअनुसार विश्वमा वार्षिक लगभग २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन्। यसमा अधिकांश विकासोन्मुख देशका महिला पर्दछन्। प्रतिवर्ष करिब ४४ हजार महिलाको असुरक्षित गर्भपतनका कारण ज्यान जाने गरेको छ। मातृ मृत्युको ७ दशमलव ९ प्रतिशत ‐५ देखि १३ प्रतिशतसम्म० मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गर्छ। सो इन्स्टिच्युटको सन् २०१४ को रिसर्चअनुसार नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ भने हरेक वर्ष करिब ३ लाख ३२ हजार महिलाले गर्भपतन गराउँछन्। इन्स्टिच्युटका अनुसार प्रतिवर्ष १ लाख ८६ हजार १ सय ४४ महिला÷किशोरीले असुरक्षित गर्भपतन गर्ने गर्दछन्। तीमध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्छन्।नेपालको संविधान, २०७२ ले महिलाको हकअन्तर्गत प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ भनेर व्यवस्थासमेत गरेको छ। तर गाउँमा आएका स्थानीय सरकारले गर्भपतनबारे र परिवार नियोजनसम्बन्धी चेतनामूलक कार्यक्रम नै ल्याएका छैनन्। त्यसो त रोल्पामा केही वर्षयता परिवार नियोजनका साधन प्रयोगकर्ताको दर पनि घट्दो क्रममा रहेको छ। महिला÷किशोरीका स्वास्थ्य लक्षित कार्यक्रम गाउँटोल पुग्ननसक्दा आमा र बच्चाको ज्यान जोखिममा परिरहने गरेको छ।

२०७६ असोज ६ गते १०:३८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: