A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9d40vi2a1admd0be1uo1dfpq2ddm0qce): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरी पढाउन कन्या खाता

बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पुर्‍याउन बाँकेको डुडुवा गाउँपालिकाले ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ सुरु गरेको छ । छोरीलाई जसरी पनि विद्यालय पुर्‍याउन र बिहेवारी २० वर्षपछि मात्र गराउने उद्देश्यले चालु वर्षको बजेटमै पारेर यस्तो कार्यक्रम ल्याइएको हो ।कार्यक्रमअन्तर्गत गत साउन १ यता जन्मिएका बालिकाका नाममा अभिभावक संरक्षक रहने गरी बैंकमा खाता खोलिनेछ।त्यसमा अभिभावकको ५ हजार र गाउँपालिकाबाट ५ हजार थप गरी १० हजार रुपैयाँ बचत हुनेछ । गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी भन्छन्, ‘मधेसी समुदायमा छोरीलाई पढ्न नपठाउने र सानैमा बिहे गरिदिने अवस्था छ । त्यसको समाधानका लागि यो कार्यक्रम हो । शिक्षा पाउने मौलिक अधिकार प्रत्याभूत गराउन ल्याइएको कार्यक्रमअन्तर्गत खोलिने यस्तो खाताको रकम भने एसईई पास गरेका छोरीले उच्च शिक्षाका लागि खर्च गर्न पाउने छन् । ‘बेटी पढाऔं’ नीति तथा कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै वडाका नवजात छोरीका नाममा मुद्दती खाता सञ्चालन गर्ने कार्यनीति छ । ‘यहाँ छोरी जन्मिँदै बिहेको कुरा सुरु हुन्छ, त्यसै कारण बालिकाले राम्ररी पढ्न पाउँदैनन्,’ उनले भने, ‘यो कार्यक्रममार्फत कम्तीमा छोरीहरूले एसईईसम्म पढ्न पाउने हक स्थापित गर्दैछौं । अभियानले बालिका २० वर्ष पुग्दा उनको पढाइसँगै बैंकमा बचत पनि हुनेछ । कार्यक्रम गत साउन १ बाटै कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको उनले बताए । ‘यसका लागि निर्धारित मापदण्ड पूरा गरेर आउनेको खाता खोल्न बैंकसँग कुरा भइरहेको छ,’ उनले भने, ‘पैसा सुरक्षित हुने र राम्रो ब्याज दिने बैंकमार्फत कार्यक्रम छिट्टै अघि बढाउँछौं ।’गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालका अनुसार कार्यक्रमका लागि चालु वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘बालिका अस्पतालमै जन्मिएको हुनुपर्ने र जन्मदर्ता गरेको हुनुपर्छ, त्यति भए खाता खुल्छ,’ उनले भने, ‘बालिकाले एसईईसम्म पढ्नुपर्नेछ । खाताको रकम बालिकाले २० वर्ष पुगेपछि मात्र पाउने छन् ।’ नीति तथा कार्यक्रममा पारेर बजेट विनियोजन भइसकेको उक्त कार्यक्रमअन्तर्गत छोरीका लागि खाता खोल्न चाहने अभिभावकहरू गाउँपालिका र वडामा सम्पर्क गर्न आइरहेको उनले बताए । सदरमुकाम नेपालगन्जबाट एक घण्टा दूरीको डुडुवामा ६ वटा वडा छन् । २०६८ को जनगणनाअनुसार यहाँ बालबालिकाको संख्या ३७ हजार ४ सय ७० थियो । गाउँपालिकाले घोषणा गरेको कार्यक्रम बालिका शिक्षासँगै सरकारी स्वास्थ्य संस्थाले दिने सेवाका लागि पनि प्रभावकारी भएको स्थानीय शिक्षक गोपीचन्द्र बर्माले बताए । ‘गाउँमा धेरै बालिका विद्यालय बाहिरै छन्,’ उनले भने, ‘अभिभावकलाई राम्ररी कुरा बुझाउन सके यसले विद्यालय आउने बालिकाको संख्या बढ्छ र बालविवाह पनि रोकिन्छ ।’स्थानीय अभिभावक शिवराम पासी कन्या मुद्दती खाताका कारण छोरीलाई विद्यालय पठाउनेहरू बढ्न सक्ने भए पनि बालविवाह रोकिनेमा शंका गर्छन् । ‘छोरीलाई उच्च शिक्षा पढाउने बढ्लान्,’ उनले भने, ‘तर अभिभावक सचेत नभएसम्म बालविवाह नियन्त्रण सम्भव छैन । कार्यक्रमका बारेमा सुन्दा राम्रो लागे पनि गाउँपालिकाले कार्यान्वयनमा लैजान ढिलाइ गरिरहेको उनले बताए ।डुडुवा गाउँपालिका–२, करातियापुर्वाकी १६ वर्षीया ओमाकुमारी लोनियाले ५ कक्षासम्म पढेर छाड्नुपरेको बताइन् । ‘छोरी ठूली हुँदै गएपछि आफैं बिहे गरेर भाग्लान् भन्ने डर आमाबुबालाई हुन्छ ।अनि चल्दोमिल्दो कुरा आएपछि उमेर २० वर्ष नपुगेको हेर्ने चलन छैन,’ उनी भन्छिन्, ‘अर्काको घर जाने जात भनेर पढाउनुभन्दा घरधन्दा नै गर्न लगाउँछन्।

२०७६ असोज ६ गते ८:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: