A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionpmkei9mha56bjh97ef1vce0okdl96fp0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

म्याग्दीमा बाढीले दुई बालिका बगायो, विद्यालयसहित ८ घर पुरिए

भीषण वर्षापछि बेनी नगरपालिका–२, बगरफाँटस्थित कोटखोलामा आएको बाढीले दुई बालिका बगाएको छ । उनीहरुको अवस्था अज्ञात छ । शनिबार राति ११ बजे कोटखोला खहरेमा आएको बाढीले बगाउँदा ७ वर्षीया अनुस्का र १० वर्षीया प्रविना परियारलाई बगाएको हो । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। बाढीले १७ कोठा भएको बुद्ध बोर्डिङ्ग सेकेण्डरी स्कुल ध्वस्त पारेको छ। विद्यालयको होस्टेलतर्फको भवनको भुइँ तलामा क्षति पुगे पनि होस्टेलमा रहेका सबै ३० जना विद्यार्थी भने सकुशल छन्। बाढीले दीपक जुग्जालीको घरपसल, कुखुरा फार्मसमेत सेते सार्की, कलिमानदर्जी, रामाया परियार, पार्वती परियार, गुप्ते दर्जी र रेशमदर्जीको घर पुरै बगाएको छ। ‘ठूलो पानी परिरहेकोले बाहिर निक्लने अवस्था थिएन। हामी सुतेका थियौं राति १२ बजेतिर छिमेकीले फोन गरी खोलामा बाढी आएको छ, छिटो भाग भनेपछि केटाकेटी च्यापेर बुद्ध स्कुलको पछाडिबाट भाग्ने क्रममा स्कुल नै भत्केर बाढी आयो,’ राममाया परियारले भनिन्, ‘म र बैनी ३ वटा काखे बच्चालाई बाढीले बगाउँदै गर्दा बाहिर निक्लेर बाँच्यौं। बैनीका दुई छोरीहरु र घर बाढीले कता लग्यो, लग्यो पत्तो भएन।’बेपत्ता प्रविना परियार बेनी सामुदायीकविद्यालयको कक्षा ४ मा अध्ययनरत थिइन्। सोही विद्यालयको जुनियर कक्षामा अध्ययनरत अनुस्का परियार सोही ठूली आमाको घरमा पाहुना गएकी हुन्।

२०७६ असोज ५ गते १०:२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: