A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmtveei374su55iba6ugdc8incja13m7g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

लेटाङमा दुई बालिकामाथि यौन दुर्व्यवहार

मोरङको लेटाङ नगरपालिका-९ जाँतेमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन्। खसीको मासु लिएर आउँदै गरेका बेला लेटाङ-८ घर भएकी बालिकाको बलात्कार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए। प्रहरीले बलात्कार आरोपमा ४६ वर्षीया भद्रबहादुर कार्कीलाई पक्राउ गरेको छ। कार्कीले आफ्नै घरभित्र लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घरमा श्रीमती नभएको मौका छोपेर गाउँबाट मासु बोकेर आउँदै गरेकी बालिकालाई सुरुमा कार्कीले आफ्नो घर भित्र लगेका  हुन् । ‘आग्लो थुनेर बन्द गरेको घरको ढोका श्रीमती आइपुगेर खोल्न लगाउँदा घर भित्र श्रीमानले एक बालिकालाई लिएर बसेको देखिन्,’ डीएसपी थापाले भने, ‘त्यसपछि श्रीमान र बालिकालाई सोधिखोजी गर्ने क्रममा श्रीमतीले नै पहिलो पटक घटनाका बारेमा थाहा पाएकी हुन्।’ सोधीखोजी गर्न थालेपछि बालिकाले अभिभावकलाई घटनाका बारेमा सुनाएकी हुन्। बलात्कार गरेको कोही कसैलाई सुनाएमा मारिदिने धम्की दिएको प्रहरीलाई बताएकी छन्। पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ। अभिभावकले किटानी जाहेरी दिएपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए। त्यस्तै लेटाङ–५ खेरुवामा पढ्नका लागि स्कुल जाँदै गरेकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ। १४ वर्षीय बालिकामाथि लेटाङ–४ का २५ वर्षीय राजु दमाईले बलात्कार प्रयास गरेको डीएसपी थापाले बताए। स्कुल जाने क्रममा बाटोमा पछाडिबाट मुख थुनेर दमाईले जवरजस्ती गर्न खोजेको बालिकाले सुनाएपछि अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका छन्। प्रहरीले उनलाई पक्राउ गरेको छ। बालिकाले आफू फुत्किएर भाग्न सफल भएका कारण जोगिएको बताएकी छन्। बालिकाको अनुहारमा सामान्य चोट छन्। उनलाई पनि उपचारका लागि कोशी अस्पतालमै ल्याइएको छ।  पक्राउ गरिएका दमाईविरुद्ध भने बाल यौन दुरव्यवहार मुद्दा चलाउन मंगलबार म्याद थप भएको छ।

२०७६ माघ ७ गते ५:५२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: