A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बिहेवारी, बीस वर्षपारि नारामा सीमित

युवा/युवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ। बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागिपरेका छन्। विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउँछन्। जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क  छैन।  बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाइ छ। गत आर्थिक वर्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जमा बालविवाहका छ  उजुरी परेको थियो। “उजुरीको सङ्ख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्बाध हुने गरेको छ”, अधिकारकर्मी कमला पन्तले भनिन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो  औँल्याए।बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ। जिल्लामा बालविवाह बढ्दै गएको छ। बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले काम गरिरहेका छन्। बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरुपमा रोकिन भने सकेको छैन।नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र  ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ तर बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन। बालविवाहका घटना बढ्दै गएको अवस्था छ। बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजीत तिवारीको सुझाव छ।बाँके  मधेशी र मुस्लिम समुदायको बाहुल्य भएको जिल्ला हो। विशेष गरेर सो समुदायमा २० वर्ष नपुग्दै विवाह गर्ने प्रचलन छ तर कानूनले २० वर्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ। केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्षमा नै  गर्न पाऔं भनेर मागसमेत उठेको थियो। सो मागलाई समाजका अगुवाले गैरकानूनी भनेर  टिप्पणी गरेका छन्।

२०७६ माघ ६ गते १२:१३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: