हायसले ठक्कर दिँदा बालकको मृत्यु
तीब्र गतिको हायस गाडीले ठक्कर दिँदा मंगलबार अपरान्ह सप्तरीमा एक बालकको मृत्यु भएको छ। काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा।३ ख ७९७७ नम्बरको हायसले पूर्व–पश्चिम राजमार्गस्थित शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहामा ठक्कर दिँदा सोही ठाउँका रामकुमार चौधरीका ८ वर्षीय छोरा प्रशान्त चौधरीको मृत्यु भएको स्थानीय राजु जायसवालले बताए। जायसवालका अनुसार विद्यालयबाट घर फर्किरहेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो। घटना लगत्तै पुगेको प्रहरीले हायस गाडी र चालक विपिन थापालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रुपनीमा नियन्त्रणमा राखेको छ।
२०७६ माघ ७ गते ८:४३ मा प्रकाशित