A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मौलवीमाथि यौन दुर्व्यवहारको आरोप

विराटनगर महानगरपालिका–८ अशोक चोकमा रहेको धार्मिक विद्यालयका प्रधानाध्यापक ९मौलवी० माथि आफैँले पढाउने दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयकाका मोलवी ४० वर्षीय अमिरुद्धिन मियाँमाथि १३ र १४ वर्षका छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको हो । गृहकार्य चेकजाँच गर्ने भन्दै पछिल्लो पटक आफ्नै कार्यकक्षमा बोलाएर १४ वर्षकी छात्रालाई मंगलबार र १३ वर्षकीलाई बुधबार यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । पक्राउ गर्न प्रहरी घरसम्म पुगेपनि उनी आरोपपछि फरार छन् । दुवै छात्राका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी लोकदर्शन थापाले यौन दुर्व्यवहारको किटानी जाहेरी परेका कारण घटनाको अनुसन्धान गर्दै फरार रहेका मियाँको खोजी तीव्र पारिएको जानकारी दिए । यौन दुर्व्यवहारपछि बद्नाम हुने डरले आफूहरुले घटना अभिभावकलाई नसुनाएको ती बालिकाले बताएका छन् । प्रहरीका अनुसार सोमबार सबै विद्यार्थीलाई गृहकार्य दिएका मोलवीले गृहकार्य चेकजाँचका लागि भन्दै आफ्नो कार्यकक्षमा बोलाएर फरक–फरक दिन यौन दुर्व्यवहार गरेको जाहेरी परेको छ । ‘होमवर्क देखाउन बोलाएर ढोकाको चुक्कुल लगाउँदै मलाई सुमसुम्याएर मेरा संवेदनशील अंगहरुमा हात पुर्‍याउन थाल्नु भयो,’ १३ वर्षीया बालिकाले भनिन्, ‘घटना कसैलाई सुनाए बुबा–आमाको बद्नाम गर्ने धम्की पनि दिनु भयो ।’ आफूले सुरुमा डरले घरमा कुरा सुनाउन नसकेको उनले बताइन् । तर घरबाट पठाउन खोज्दा बिहीबार बिहान उनी मदरसामा पढ्न जान मानिन् । पढ्न नजाने भनेर जिद्धि कस्न थालेपछि आमाले कारण सोधेकी थिइन् । त्यसपछि बालिकाले मोलवीले आफूलाई बारम्बार यौन दुर्व्यवहार गर्ने गरेको कुरा आमालाई सुनाइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि बालिकामाथि बारम्बार यौन दुर्व्यवहार भएको खुलेको छ । त्यसपछि अभिभावकले मियाँलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका हुन् । उनलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दा पनि प्रहरी कार्यालयमा जम्मा भएका थिए । १३ वर्षीयापछि १४ वर्षीया बालिकाका अभिभावकले पनि जाहेरी दर्ता गराएका छन् । घटना बाहिर आए बदनाम हुने डरले बसेकी १४ वर्षीया बालिकाका अभिभावकले पनि बिहीबार मात्रै आफूहरुले यो कुरा थाहा पाएको बताएका छन् । 

वास्तविक कुरा बुझ्न खोज्दा मोलवी मियाँ र उनका परिवारका सदस्यले छोरी जन्माएपछि बिहे गर्न नसक्ने अनि अरुलाई आरोप लगाउने भन्दै थर्काएर पीडित परिवारलाई विभिन्न खाले धम्की दिने गरेको स्थानीय बासिन्दाले बताए । उनीहरुले यस्तो अरोप लगाउनेलाई जे पनि गरिदिने भन्दै मियाँका छोराले तरबारसमेत लिएर झम्टिएको जानकारी प्रहरीलाई दिएका छन् । स्थानीय बासिन्दाले यसअघि पनि मोवली विरुद्ध यौन दुर्व्यवहारको आरोप लाग्ने गरेको बताए । ‘मदरसामै अध्ययन गर्नेलाई दुर्व्यवहार गर्ने गरेको हामी सुनेका थियौं । तर वास्ता गरेका थिएनौं,’ मदरसा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मोहम्मद सइनुल मियाँले भने, ‘अहिले एकै पटक दुई जना बालिकाले पीडित भयौं भनेपछि हामीले चासो दियौं । घटना निक्कै दर्दनाक रहेको पाइयो ।’ सइनुलले मदरसामा पढाउनेलाई धर्मगुरुका रुपमा व्याख्या गर्ने गरिएको बताउँदै उनले यस घटनाले मदरसाकै बद्नाम गराएको बताए । ‘आफैले पढाउने विद्यार्थीलाई बलात्कार गर्नेमाथि हदैसम्मको कारबाही हुनु पर्छ,’ उनले भने, ‘आफैँ घटना गराएर पीडितमाथि थप पीडा दिने काम भइरहेको छ ।’आरोपित मियाँले २०६४ सालदेखि मदरसामा कुरान पढाउँदै आएका छन् । मदरसामा ६ वर्षमाथि र १५ वर्ष मुनीका १५ जना बालबालिका पढ्ने गरेको सइनुलले बताए । उनकाअनुसार २०४४ सालमा स्थापना भएको मदरसा २०६४ सालबाट दर्ता भएर सञ्चालनमा आएको हो ।

२०७६ माघ ९ गते ५:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: