समाचारमा बालबालिका

डुबेर दुई बालिकाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको शान्ति बगैंचामा रहेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। बगैंचाभित्र खेल्दाखेल्दै पोखरीमा डुबेर सिकिस्त भएका दुवै जनाको उपचारका क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला अस्पतालबाट अशोक चौहानले जानकारी दिए। अर्घाखाँचीको मालारानी-८ घर भएकी ५ वर्षीया कृष्टिना महत, र प्यूठान नगरपालिका घर भइ हाल सन्धिखर्क बस्ने ४ वर्षीया वर्षा थापाको मृत्यु भएको हो। दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

२०७६ माघ ७ गते ७:०५ मा प्रकाशित