A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सिकारुले हाँकेको जिपको ठक्करबाट बालकको मृत्यु

नवलपरासी पूर्वको हुप्सेकोट ५ मा सिकारुले हाँकेको जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिकाको ग।१ज ३८९ नम्बरकोे जिपको ठक्करबाट स्थानीय मीना गाहाका पाँच वर्षीय छोरा दीपु गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँपालिकाका अधिकृत शिव सुवेदीले मंगलबार साँझ गाडी सिक्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा मृतक बालककी आमासहति तीनजना घाइते भएका छन् । घटनाको विरोधमा स्थानीयले मंगलबार रातिदेखि नै प्रदर्शन गरेका छन् । बुधबार दिनभर हुप्सेकोट गाउँपालिका कार्यालयअगाडि स्थानीयले प्रदर्शन गरे । घटनापछि अधिकृत सुवेदी फरार छन् । उनलाई पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । गाउँपालिका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी सुवेदीले मंगलबार राति सिक्ने क्रममा दुर्घटना भएको हो । जिपले हुप्सेकोट ५ का वडाध्यक्ष पदमबहादुर राना चढेको मोटरसाइकललाई ठक्कर दिँदै नजिकैको घरको आँगनमा खेलिरेका बालकलाई ठक्कर दिएको स्थानीयको भनाइ छ । स्थानीय र पीडितका परिवारले सुवेदीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरमा बुधबार किटानी जाहेरी दिएका छन् । नवलपुरका प्रहरी उपरीक्षक मोहनप्रसाद पोख्रेलले दुर्घटनाका दोषीको खोजी भइरहेको बताए।

२०७६ माघ ९ गते ६:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: