A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiononbgg7hnpg1mmfoag35t7a1q4cconako): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पढाइसँगै खेतीपाती

हातमा कुटो र कोदालो । काँधमा पुस्तकको झोला । अनि शरीरमा चिटिक्क परेको विद्यालय पोसाक । देख्नेमध्ये धेरैजसो अलमलिन सक्छन्, विद्यार्थी हो कि कृषक भनेर । डडेलधुरा सदरमुकामदेखि १२ किलोमिटर दूरीमा रहेको बालकल्याण माविका विद्यार्थीको हुलिया हो यो । व्यावसायिक कृषि खेती पढ्न उनीहरू पुस्तकसँगै कुटो कोदालो बोकेर विद्यालय पुग्ने गरेका छन् । प्राविधिक कृषि शिक्षा पढाइ हुने उक्त विद्यालयमा प्रयोगात्मक सिकाइका लागि कृषि कार्य सुरु गरिएको हो । शिक्षक, विद्यार्थी र अभिभावक मिलेर विद्यालय हाताभित्र तरकारी र च्याउ खेती तथा माछापालन गरिएको छ । ‘२ वर्षदेखि छात्रावासमा बस्ने ३५ विद्यार्थीले तरकारी किनेका छैनन्,’ स्थानीय अभिभावक धनबहादुर भण्डारीले भने, ‘आफै तरकारी उत्पादन गर्छन् ।’ विद्यार्थीले उत्पादन गरेको बेमौसमी तरकारी डडेलधुरा सदरमुकाममा पनि विक्री हुने गरेको उनले बताए । ‘२०७० सालमा मात्र कृषि प्राविधिक शिक्षा सुरु भएको हो,’ उनले भने, ‘६ वर्षमै यो विद्यालय प्रदेशको नमूना बनेको छ ।’डडेलधुरा अजयमेरु गाउँपालिकाको पुइलेकस्थित विद्यालयको काम हेर्न टाढाटाढाका विद्यालयबाट विद्यार्थी समूह आउने गरेका छन् । हरेक दिन कुनै विद्यार्थी समूह आइपुगेकै हुन्छ । कैलालीको चुरे गाउँपालिकाबाट आएका कृषि विषयका अध्यापक मनोरथ जोशीले विद्यालयबाट धेरै कुरा सिक्न पाएको बताए । ‘आफ्नो विद्यालयमा पनि केही गर्ने प्रेरणा मिलेको छ,’ उनले भने । विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्यले उक्त विद्यालय नमुना बन्न सकेको उनको बुझाइ छ । २०६६ मा पहिलो पटक तत्कालीन एमाले जिल्ला सचिव धनबहादुर साउँद विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । उनले छोटो समयमै विद्यालयमा शैक्षिक सुधार गरे । ‘सुरुमा विद्यालयको भौतिक सुधारका लागि प्रयास गरेँ,’ पाँचौं पटक समितिको निर्विरोध अध्यक्ष बनेका साउँदले भने, ‘त्यसपछि परम्परागत शिक्षा प्रणालीभन्दा फरक कक्षा ९ देखि १२ सम्म व्यावसायिक कृषि शिक्षा सुरु गर्‍यौं ।’ प्राविधिक कृषि शिक्षा पढ्न अहिले सुदूर पहाडका सात जिल्लाका विद्यार्थी आउँछन् । साथै कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशका जिल्लाबाट पनि विद्यार्थी आउन थालेका छन् ।कृषि पढ्ने डेढ सयभन्दा बढी विद्यार्थी छन् । अरु विद्यार्थीले पनि कृषिको व्यावहारिक ज्ञान हासिल गरिरहेका छन् । विद्यालयको ९५ रोपनी जग्गा छ । त्योमध्ये १२ रोपनीभन्दा बढीमा तरकारी खेती भइरहेको छ । दुई रोपनीमा च्याउ खेती र त्यतिनै जग्गामा प्लास्टिक पोखरी बनाएर माछापालन गरिएको छ । ‘प्रयोगशालामा चाहिने उपकरण, कृषि कार्यका लागि बीउबिजन लगायत सामग्री तरकारी खेतीको कमाइले नै पूर्ति हुने गरेको छ,’ प्रधानाध्यापक जगदीश भण्डारीले भने ।छात्राहरूको लागि पनि आवास बनाउन लागेको अध्यक्ष साउँदले बताए । ‘छात्रावास बने बाहिरी जिल्लाबाट आउने छात्राहरूलाई अप्ठ्यारो हुँदैन,’ उनले भने । गाउँमा पनि व्यावसायिक खेती सुरु गरिएको उनले जानकारी दिए । गाउँपालिकाले पनि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि विद्यालयलाई सहयोग गरिरहेको अजयमेरुका अध्यक्ष उमेश भट्टले बताए ।विद्यालयको शैक्षिक विकासमा पनि गाउँपालिकाको सहयोग छ । ‘विद्यालयलाई प्रदेशकै नमुना बनाउन सबै पक्षसँग समन्वय गरी काम गरिरहेका छौं,’ उनले भने ।

२०७६ माघ ८ गते १०:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: