A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session18j9q4etv2bbqs3f7qlb3og8bpdcla94): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

११ हजार बालबालिका कुपोषित

महोत्तरीका ११ हजार बालबालिका कुपोषणको मारमा परेका छन्। त्यसमध्ये एक हजार आठ सय ८८ बच्चामा शीघ्र कुपोषण समस्या देखिएको छ। नौ हजार बालबालिकामा जटिल कुपोषण फेला परेको जिल्ला जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिएका छन्।

‘जिल्लामा ११ हजार बच्चा कुपोषित रहेको नेपालको जनसांख्यिक सर्भे १०१७ ले देखाएको छु, उनले भने। सहरी क्षेत्रभन्दा ग्रामीण भेगमा पोषिलो खाना अभावमा बच्चा कुपोषित छन्। गरिब तथा दलित समुदायका बच्चा कुषोणबाट बढी ग्रस्त छन्। बच्चालाई सन्तुलन मिलाएर खाना खुवाउने चेतना कमीले धनाढ्य परिवारकै बालबालिका पनि कुपोषित रहेको जनाइएको छ।जनस्वास्थ्य निरीक्षक झाका अनुसार शीघ्र कुपोषण भएका पाँच सय बालबालिका स्वास्थ्य कार्यालयको सम्पर्कमा छन्। अन्यको खोजी भइरहेको छ। कुपोषित बच्चालाई सुपोषित बनाउन अभियान सञ्चालन गरिने भएको छ।‘सामान्य अवस्थाका बच्चाभन्दा शीघ्र कुपोषण भएकाहरूको मृत्यु नौ गुणा बढी हुन्छ भने कुपोषणको जटिलता रहेका बच्चाहरूको मृत्यु तीन गुणा बढी रहन्छु, जिल्ला जनस्वास्थ्य प्रमुख राजीवकुमार झा भन्छन्, ‘पहिलो चरणमा शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहार वितरण गर्ने योजनामा छौं। यी बच्चालाई उपचारका गरेर सुपोषित बनाउँछौं।ुउनका अनुसार ११ स्थानमा पोषण युनिट स्थापना गर्न लागिएको छ। बर्दिबास, लोहारपट्टी, रामगोपालपुर, गौशाला, पिपरा, एकडारा, बलवा, समरदही, बिजलपुरा र जिल्ला अस्पताल जलेश्वरमा कुपोषित बच्चा हेरचाहका लागि पोषण युनिट खडा गर्न लागेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

२०७४ पुस २ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: