A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionq92lmul2qapaamg8ehnrscrsgij7cs2h): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

देउसीभैलोको पैसाले बालबालिकाले जेब्रा क्रसिङ बनाए

देउसीभैलो खेलेर उठेको रकमबाट बालक्लबले जेब्रा क्रसिङ बनाएका छन् । नवलपरासीको देवचुली नगरपालिका –१७, को आदर्श बालक्लव देवचुलीमा  आवद्ध बालबालिकाले देउसीभैलो खेलेर जम्मा भएको केही रकमबाट देवचुली नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् । 

बालबालिकालाई विद्यालय आउने–जाने क्रममा राजमार्गमा जेब्रा क्रसिङ नहुँदा बाटो काट्न समस्या हुने गरेको साथै अन्य पैदलयात्रुलाई समेत बाटो वारपार गर्न समस्या भएकाले आफूहरुले मुख्य स्थानमा जेब्रा क्रसिङ बनाउन लागि परेको आर्दश बालक्लवका सल्लाहकार तथा देवचुली नगरस्तरीय बालक्लवका उपाध्यक्ष रुपेश बाँनियाले बताउनुभयो । ‘जेब्रा क्रसिङ नहुँदा बाटो काट्न पनि समस्या थियो, दुर्घटनाको जोखिम पनि  बढेकाले आफ्नै अग्रसरतामा जेब्रा क्रसिङ निर्माणमा लाग्यौं’  बाँनियाले भन्नुभयो । बालबालिकाबाटै ट्राफिक सचेतनाका कुराहरु सिकाउन सक्ने हो भने एउटा बालबालिकाबाट परिवारदेखि समाजसम्म जनचेतना फैलिने देवचुली नगरपालिकाका बालमैत्री शासन कार्यक्रमका सहजकर्ता दिपक शर्माले बताउनुभयो । देवचुली नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेकाले नगरस्तरबाट बालमैत्री क्रियाकलापलाई समेत प्राथमिकतामा राखेर कार्य गरिएको समेत उहाँले बताउनुभयो । जेब्रा क्रसिङ बनाएसँगै वडा अध्यक्ष, टोल सुधारका समितिका प्रतिनिधिहरु, बालक्लवका प्रतिनिधिहरु, ट्राफिक प्रहरीसहितको उपस्थितिमा ट्राफिक  नियमको पालनका विषयमा ट्राफिक प्रहरीद्वारा जानकारी ।समेत प्रदान गरिएको थियो । 

२०७४ पुस ४ गते १३: ३१ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: