A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीले किशोरीमाथि बलात्कार गरेको आरोप

चुनावी सुरक्षाका खटिएका म्यादी प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा खटिएका पुरुष म्यादी प्रहरीले १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको । इलाका प्रहरी कार्यालय भोज भगवानपुरट गस्तीमा खटिएका ३ जना म्यादी प्रहरीले गाउँकै किशोरीमाथि सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालयभन्दा तीन किलोमिटर गाउँमा उक्त घटना भएको जनाइएको छ ।चुनाव सकिएपछि गत सोमवार गस्तीका लागि म्यादी प्रहरी परिचालन गरिएको थियो । गस्तीमा खटिएका म्यादी प्रहरी जवानले किशोरीलाई घर नजिककै झाडीमा लगेर जबरजस्ती गर्न खोजेको गाउँलेले बताएका छन् । झाडीमा किशोरी गाउँलेहरु त्यहाँ पुगेका थिए । गाउँलेले म्यादी प्रहरी टेकबहादुर बिकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । घटनामा संलग्न भएिका अन्य दुई जना म्यादी प्रहरी भने फरार भएको बताइएको छ । सोमवार साँझको घटनालाई स्थानीयस्तर मै मिलाउने प्रयास गरिएपनि विवाद बढ्दा जिल्ला प्रहरी कार्यालयसम्म पुगेको छ । घटनामा संलग्न भनिएकामाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

२०७४ पुस ४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: