A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionlddp2ni3ulgrgao3ka8641g32nhctau4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चिसो बढेसँगै विद्यार्थीको उपस्थित न्यून

तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामासमेत केही दिन यतादेखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ ।
अचानक चिसो र शीतलहर बढ्न थालेपछि जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, चौदण्डी नगपालिका क्षेत्रको हँडिया तथा सुन्दरपुर र त्रियुगा नगरपालिकाको जोगीदह क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।
अचानक चिसो बढेर बिहान १० बजेसम्म पनि हुस्सुका कारण गाउँघर अन्धकार र चिसो बन्न थालेपछि विद्यालय आउने अधिकांश तल्ला कक्षाका साना विद्यार्थी विद्यालय आउन छाडेको जनता उच्चमावि हँडियाका शिक्षक बाबुलाल चौधरीले बताए । यस्तै बिहानभरी पनि शीतलहर र चिसो बढिरहेकाले तल्ला तहका कक्षामा विद्यार्थीको उपस्थिति १०५ पनि हुन छाडेको तपेश्वरी आम्बासीका शिक्षिका सुमित्रा पोखरेल बताउछिन् । विगतका वर्षको तुलनामा यस पटक छिटै ९पुस महिना शुरु भएसँगै० चिसो र शीतलहर ह्वात्तै बढ्न थालेका कारण पनि विद्यार्थीलगायत अन्य वृद्धवृद्धामा शीतलहरले असर पारेकोे त्रियुगा नगरपालिका– १ जोगिदहका नारायण ढकालको भनाइ छ ।

२०७४ पुस ४ गते १४:१६ मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: