A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionblo8k2it2m0n4s65tbuom5tv3ahjmtq4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छात्रा आफैँ बनाउँछन् महिनावारी हुँदा लगाउने प्याड

मोरङको उर्लाबारी चोकबाट तीन किलोमिटर उत्तर पूर्वमा रहेको नुनसरी आधारभूत विद्यालय कक्षा ६ देखी ८ सम्मका छात्रा खुलेर महिनावारीको विषयमा कुरा मात्र गर्दैनन्, महिनावारी हुँदा आफैँले बनाएको प्याड समेत प्रयोग गर्छन्।
उनीहरु आफैँले फलाटिनको कपडा प्रयोग गरी सेनेटरी प्याड बनाउन थालेको तीन महिना भयो। प्याड बनाउन एकैदिनमा सिकेको कक्षा ८ मा अध्ययनरत नुमा लिम्बुले बताइन्। प्लान नेपाल र सामुदायिक समाज उत्थान केन्द्र (सिएसडिसी) ले संयुक्त रुपमा महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम संचालन गरेपछि विद्यार्थीमा आमुल परिर्वतन भएको प्रधानाध्यापक ठमेश मोक्तानले बताए। कार्यक्रमले सुरुमा केही छात्रालाई सेनेटरी प्याड बनाउन सिकायो। त्यसपछि सिकेका छात्राले एक दिने तालिम सञ्चालन गरेपछि सबै छात्रा सजिलै प्याड बनाउने भएका छन्। उनीहरुले पुनः प्रयोग गर्न सकिने प्याड बनाउन अभिभावकलाई समेत सिकाएको छात्रा बिनु अधिकारीले बताइन्। विद्यालयमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम नहुँदा धेरै छात्रालाई समस्या थियो। महिनावारीका बारेमा अझै पनि ग्रामीण भेगमा खुलेर कुरा गर्न सक्ने अवस्था छैन। छात्रालाई महिनावारी भएको समयमा कक्षा छोडेर आराम गर्न घरमै बस्नुपर्ने वाध्यता छ। विद्यालयमा महिनावारी भएका छात्राका लागि बेग्लै आराम कक्षाको व्यवस्थापन गरिएको शिक्षक गंगा गजमेरले बताए। महिनावारी हुनुअघि यसको बारेमा आफूलाई कसैले नबताएको छात्रा नुमाले बताइन्। उनले भनिन्–‘विद्यालयमा पनि खुलेर कुरा हुँदैन थियो। साथीभाइ सँग घुलमिल हुन गाह्रो हुन्थ्यो। जिस्काउँछन कि भन्ने पिर थियो, अहिले त्यस्तो छैन।’विद्यालयका छात्रा मात्र होइन छात्र समेत यो कुरामा सचेत छन्। छात्र दिपक कोइराला भन्छन्, यस्तो विषयमा कसैले कुरा गरेको सुन्दा लाज लाग्थ्यो। महिनावारी हुनु नराम्रो जस्तो लाग्थ्यो तर महिलामा हुने प्राकृतिक कुरा रहेछ। त्यसपछि घरमा पनि आमा, दिदिबहिनीसँग मज्जाले कुरा गर्न थालेको छु।’ विद्यार्थीहरु शिक्षक तथा शिक्षिकासँग खुलेर आफ्ना कुरा राख्न थालेको स्वास्थ्य बिषयका शिक्षक रमेश राईले बताए। विद्याथीले प्याड बनाउने प्रतियोगिता समेत आयोजना गरेका छन्। त्यति मात्र होइन उनीहरुले महिनावारी सम्बन्धी विभिन्न विद्यालयमा सडक नाटक समेत प्रस्तुत गर्दै आएका छन्।

२०७४ पुस ५ गते प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: