समाचारमा बालबालिका

चिसोले तराईको जनजीवन प्रभावित

तराईमा चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । शुक्रबारदेखि यहाँ शीतलहरको प्रकोप छ । चिसो स्याँठ, बाक्लो कुहिरोले सडकमा चहलपहल घटेको छ । आइतबार १० देखि १३ डिगिबवीच रहेको महोत्तरीको तापक्रम सोमबार विहान ८ डिग्रीमा झरेको छ । यस्तै ३ किमि प्रति घंण्टाको दरले चलको पश्चिमी स्याँठले जनजीवन थप अस्तव्यस्त पारेको छ । 
अस्पताल तथा स्वास्थ्यकेन्द्रहरुमा न्युमोनिया, दम, कोल्ड डाईरिया भएका बिरामीको चाप बढ्न थालेको छ । चिसोको असर चौपाया र हिउँदे बालीमासमेत परेको छ । प्रशासन कार्यालयमा सोमबार दिउँसो बसको जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले जाडोबाट प्रभावितको सहयोगका लागि सामूहिक प्रयास गरिने निर्णय गरेका छ । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठकाअनासार स्थानीय तहसंगको सहकार्यमा जाडोबाट प्रभावितको पहिचान गरि दाउरा र त्यसपछि न्यानो कपडा वितरण गर्ने सहमति भएको हो । जिल्ला स्वस्थ्य प्रमुख राजिव झाकाअनुसार चिसोले बालबालिका तथा वृद्धहरुमा स्वास–प्रस्वाससम्बन्धी समस्या बढेको छ । जाडोले विपन्न समदाय बढी प्रभावित भएका छन् । ‘शनिबारदेखि असपताल भर्ना हुन आएका बालबालिकामा कोल्ड डाईरिया लागेकाहरु धेरै छन्,’ उनले भने । चीसोबाट नजोगिए शरीरलाई आवश्यक तापक्रम घटेर ‘हाईपोथर्मिया’ को डर हुने उनले जनाए । ‘हाईपोथर्मिया’ हुन नदिन बिना काम घरबाहिर ननिस्कने शरीर न्यानो राख्ने र खानपानमा विशेष ध्यान दिन पर्ने चिकित्सकको सुझाव छ । 

 २०७४ पुस ४ गते प्रकाशित