समाचारमा बालबालिका

विद्यार्थीलाई मरणासन्न हुनेगरी कुट्ने शिक्षक र विद्यायलविरुद्ध अभिभावकले दिए उजुरी

झापाको दमकमा रहेको गायत्री विद्या पीठमा अध्यनरत १४ वर्षीया छात्रामाथि विद्यालयका शिक्षकले अमानवीय ब्यवहार गरेको भन्दै छात्राका परिवारले प्रहरीमा उजुरी गरेका छन्। दमक पाँच निवासी छात्रा कुसुम निरौलालाई विद्यालयका कम्प्युटर पढाउने शिक्षक प्रणय दूधराजले मरणासन्न हुनेगरी पिटेपछि परिवारले विद्यालयविरुद्ध उजुरी जहेरी गरेका हुन्। गत मंसिर २७ गते विद्यालयमा सोधेको प्रश्नको जफाव नदिँदा शिक्षकले दुव्र्यव्यहार गर्दै मराणसन्न हुनेगरी पिटेको विद्यार्थीका बुबा अच्युत निरौलाले बताए। विद्यार्थीलाई मराणासन्न हुनेगरी शिक्षकले पिटेपछि विद्यार्थीका परिवारले पीडित विद्यार्थीलाई उपचारका लागि लाइफल लाइन, सिलगुडी र बिर्तामोडको बि एन्ड सी अस्पतालमा समेत राखेको विद्यार्थीकी आमा स्वस्तीका निरौलाले पत्रकार सम्मेलन गरी बताएकी हुन्। विद्यालयले भने पीडित बनेकी छात्रालाई आवश्यक उपचारसहित आवश्यक सबै कामको जिम्मा लिने प्रतिक्रिया दिएको छ। विद्यालयकी सञ्चालिका पारिजात श्रेष्ठले गल्ती स्वीकार गर्दै पीडित विद्यार्थी कुसुमको जिम्मा लिने प्रतिबद्धता जनाएकी छन् ।

२०७४ पुस ४ गते प्रकाशित