A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमा मोवाइल र जंकफूड निषेध

भेरीगंगा नगरपालिकाले कक्षा कोठामा मोवाइल र विद्यालयमा जंकफूड निषेध गरेको छ। तेस्रो नगर अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रममा कार्यक्षेत्रभित्रका सबै विद्यालयका कक्षा कोठामा मोवाइल र विद्यालयमा जंकफूड निषेध गरिएको हो। उपमेयर रेणु आचार्यले कक्षा कोठाभित्र विद्यार्थीलाई मात्रै होइन्, शिक्षकलाई पनि मोवाइल बोक्न प्रतिवन्ध लगाइएको बताइन्। ‘बढ्दो मोवाइल मोहले विद्यार्थीहरुको पढाईमा असर पर्ने देखिएपछि कक्षा कोठामा मोवाइल निषेध गरेका हौं’ उनले भनिन्, ‘सामुदायीक मात्रै होइन्, संस्थागत विद्यालयमा पनि कडाईका साथ लागू गछौं।’ यस्तै सबै विद्यालयहरुमा जंकफूड निषेध गरिएको उनले बताइन्। ‘अभिभावकहरुलाई आफ्ना नानीबाबुको स्वास्थ्यप्रति जिम्मेवार बनाउँदै विद्यालयलाई जंकफूड निषेध गछौं’ उनले भनिन्, ‘विद्यालय हाताभित्र खोलिएका जंकफूड पसल बन्द गराउने अभियान पनि सञ्चालन गछौं।’यस्तै अव भेरीगंगा नगरपालिकाभित्रका विद्यालयहरु शुक्रबार पनि चार बजेसम्म सञ्चालन हुने भएका छन्। दिउँसो एक बजेनै बन्द हुँदै आएका विद्यालयलाई अरु बेला जस्तै नियमित सञ्चालन गर्नुपर्ने नियम ल्याइएको उनले जानकारी दिइन्। ‘शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनुपर्नेमा धेरै विद्यालयहरु एक बजेनै विदा गरिन्छन्’ उनले भनिन्, ‘यस्तो प्रवृत्तिलाई रोक्नका लागि एक बजे विद्यालय बन्द गर्ने कार्यलाई पूर्णरुपमा बन्द गरिएको हो।’नगरपालिकाले शिक्षकहरुलाई सक्रिय राजनीतिमा लागे कारवाही गर्ने जनाएको छ। ‘विद्यालय समयमा विद्यालय छोडी संघ–संस्था तथा विभिन्न क्षेत्रमा सहभागी हुने, सक्रिय राजनीतिमा लाग्ने शिक्षकहरुलाई हदैसम्मको कारबाही गरिने छ’ उनले भनिन्, ‘विद्यालय छोड्नुपर्ने अवस्था आएमा नगरपालिकाबाट अनुमति लिनुपर्नेछ।’यस्तै अंग्रेजी माध्यम र स्थानीय मातृभाषाबाट कक्षा संचालन गर्ने विद्यालयलाई विशेष प्रोत्साहनको व्यवस्था मिलाइने उनले बताइन्। नगरपालिकाको हिमशिखर बहुमुखी क्याम्पसलाई पूर्वाधार सम्पन्न विद्यालय बनाइने उनले जानकारी दिइन्। नगरपालिकाले प्रत्येक महिना विद्यालय अनुगमन र तीन–तीन महिनामा सघन अनुगमन गर्ने नीति लिएको छ।यस्तै बाल विवाहलाई निरुत्साहित गर्न विद्यालयद्वारा नै विशेष कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। यस्तै प्रत्येक विद्यालयमा सबै विद्यार्थीको प्रोफाइल निर्माण र विद्यालय सुधार योजना निर्माण गरि कार्यान्वयन गर्न, विद्यार्थीको व्यवहार, कुशल सिप, रेमडियल क्लास, वार्षिक ग्रेड अनुसारको उपलव्धी, सफलताको कथा, हिंसा र दण्डरहित शिक्षा, अभिवाकत्व ग्रहण, प्रोजेकट वर्क, बालिका शिक्षा, छात्राहरुको लागि सेनेटरी प्याड, गुनासो सुनुवाई, छोरी पढाउ अभियान, जेन्डर फोकल पर्सन, स्वास्थ्य फोकल पर्सन जस्ता विद्यार्थी केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिइने जनाएको छ। नगरपालिकाले प्रत्येक विद्यालयलाई ग्रिन स्कूलको अवधारणा अनुसार ‘एक विद्यालय, पाँच रुख’ अभियान सुरु गरेको छ।

२०७५ साउन २० गते १२:३८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: