A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

काँडाघारीबाट अपहरित बालकको शव भेटियो, अपहरणको आरोपमा दुई पक्राउ

काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको छ । उनको अपहरणमा संलग्न भएको आरोपमा यसअघि २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आइतबार साँझ आफ्न डेरा नजिकबाट अपहरणमा परेका बालकको प्रहरीले खोजी गरिरहेको थियो। भक्तपुरको सानोठिमीस्थित नवदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको हो। यसअघि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अपहरणको आरोपमा दुई जनालाई भक्तपुरको सानो ठिमी क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभएका खड्का आमाको साथमा बस्थे। उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन्। उनी स्थानीय एक स्कुलमा ६ कक्षामा अध्ययनरत रहेको बताइएको छ। बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजि सुरु गरिएको थियो। राति ९ बजे पहिलो पटक अपहरणकारीले फोन गरेर फिरौती माग गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ।

२०७५ साउन २१ गते ११:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: