A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शैक्षिक भ्रमणमा गएका तीन बिद्यार्थी तालमा डुबेर बेपत्ता

सोलुखुम्बुमा शैक्षिक भ्रमणमा गएका तीन बिद्यार्थी गोक्यो तालमा डुबेर बेपत्ता भएका छन्। समुद्र सतहदेखि ५ हजार उचाईमा रहेको गोक्यो तालमा डुबेर खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङस्थित खुम्जुङ माबिमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीय पेम्बादोर्जे शेर्पा, १६ वर्षीय पेम्बानुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेका १६ वर्षीय सुनिल बराईली बेपत्ता भएका हुन्। ३२ विद्यार्थी, दुई शिक्षक र एक कार्यालय सहयोगी सहित ३५ जनाको टोली शैक्षिक भ्रमणमा गएकामा शनिबार पौडी खेल्नेक्रममा तीन बिद्यार्थी बेपत्ता भएका सोलुखुम्बुका डिएसपी रेशम पराजुलीले बताए । शिक्षकलाई नसोधी पौडी खेल्न तालमा पसेका दुई बिद्यार्थी डुव्न लागेपछि तालबाहिर रहेका तेश्रो बिद्यार्थीले तान्नेक्रममा तीनजनै छात्र बेपत्ता भएका हुन । बेपत्ताको खोज तथा उद्धारका लागि खुम्जुङबाट सिम्रिक एयरको हेलीकोप्टरबाट प्रहरी र अभिभाबकको ७ जनाको टोली घट्नास्थल पुगेको डिएसपी पराजुलीले बताए । दोश्रो हेलीकोप्टर भने मौसमका कारण जान नसकेको प्रहरीले जनाएको छ । सईको नेतृत्वमा प्रहरीको एक टोली पैदल समेत घट्नास्थलतर्फ प्रस्थान गरेको छ । उद्धार तथा खोजका लागि आईतबार बिहान तालिम प्राप्त उद्धारटोलीलाई हेलीकोप्टरबाट पठाउने तयारी गरिएको छ । घट्नास्थलमा फोन सम्पर्क नहुने भएकाले घट्नाको थप जानकारी आउन नसकेको डिएसपी पराजुलीले बताए । घट्नास्थल इलाका प्रहरी कार्यालय नाम्चेबाट पैदल डेढ दिनको दुरीमा पर्छ । आईतबार पनि मौसममा सुधार नआए र हेलीकोप्टर चल्न नसके उद्धारकर्मीलाई पैदल नै पठाइने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शिक्षक बिद्यार्थीको टोली शुक्रबार शैक्षिक भ्रमणमा निस्केका हुन् । 

२०७५ साउन १९ गते ८:३१ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: