A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एक महिनामा बलात्कारका ५ उजुरी

दुई साताअघि भएको १३ वर्षीया किशोरीको हत्या प्रकरण सेलाउन पाएको छैन । यही बीचमा थप दुई बालिकामाथि बलात्कारको प्रयासले स्थानीयलाई झन् त्रसित र चिन्तित बनाएको छ । बालिकाहरूलाई एक्लै स्कुल पठाउनसमेत नसकिने अवस्था सिर्जना भएको भन्दै स्थानीय चिन्तित बनेका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवामा शनिबार ५ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यसैगरी पुनर्वास नगरपालिका ९ मा पनि १६ वर्षीया किशोरीमाथि बलात्कार गर्न खोज्ने एक जनालाई शनिबार नै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।दिनैपिच्छे भइरहेका बलात्कारका घटनाले स्थानीय आक्रोशितसँगै चिन्तित बनेका छन् । उनीहरू बालबालिकालाई एक्लै छाड्न नसकिने अवस्था आएको भन्दै प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताउँछन् । ‘बालिकाहरू मात्रै होइन अन्यलाई पनि एक्लै हिंड्न डर लाग्ने अवस्था आएको छ,’ सोमबार महेन्द्रनगर बजारमा १३ वर्षीया किशोरीका हत्यारा पत्ता लगाउन दबाबमूलक रूपमा विरोध प्रदर्शनमा सहभागी स्थानीय विमला जोशीले भनिन्, ‘दिनहँु बलात्कारका घटना भइरहेका छन् तर प्रहरी प्रशासन मूकदर्शक बनेको छ ।’ पछिल्लो एक महिनामा मात्रै कञ्चनपुरमा ५ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये दुई किशोरीको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

असार अन्तिम साता कृष्णपुर नगरपालिका २ मा १६ वर्षीया किशोरीको शव एक सातापछि भेटिएको थियो । उनको शव लालझाडी संरक्षित वनभित्रको खोलामा भेटिएको हो । उक्त घटनामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिई मुद्दा दत्र्ता गरिसकेको जनाएको छ । उक्त घटनालगत्तै पुनर्वास नगरपालिकामा बाख्रा चराउन गएकी ९ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । ‘पछिल्ला केही दिनका घटनालाई हेर्दा सामाजिक अपराध बढेको छ,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले भने, ‘यो अपराध न्यूनीकरणका लागि सबै सचेत हुनुपर्ने देखिन्छ ।’ उनले एकपछि अर्को गरी भइरहेका बलात्कारका घटना न्यूनीकरणमा अभिभावक पनि सचेत हुनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा जबर्जस्ती करणीका १७ मुद्दा दत्र्ता भएका छन् । जबर्जस्ती करणी उद्योगका १५ मुद्दा दर्ता भएका छन् । असार यता डेढ महिनाको अवधिमा ५ वटा घटना सार्वजनिक भइसकेका छन् । लागूऔषधको प्रयोग र जथाभावी मदिरा सेवनबाट यस्ता घटनाहरू उल्लेख्य रूपमा बढेकाले नियन्त्रण गर्नुपर्ने आवाजहरू पनि उठ्न थालेका छन् । महिला अधिकारकर्मीहरू भने घटना वृद्धि नभई बाहिर आउने क्रम बढेको बताउँछन् । अहिले पनि धेरै घटनाहरू गाउँमै मिलाउने गरेको र केही मात्र बाहिर सार्वजनिक हुने गरेको उनीहरूको दाबी छ । ‘पछिल्ला घटनाहरू हेर्दा बालिकाहरू जोगाउनै मुस्किल भएको देखिन्छ,’ महिला अधिकारकर्मी अधिवक्ता पुनम चन्दले भनिन्, तर, अझै पनि बाहिर नआएका घटना धेरै हुन सक्ने देखिन्छ ।’ उनले नैतिक शिक्षाको अभावसँंगै शान्ति सुरक्षाको अवस्थासमेत खस्केको पछिल्ला घटनाहरूले देखाएको बताइन् ।

२०७५ साउन २२ गते १०:२२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: