A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session68uoevdu4d3kg3o21f31d7f04c2cbep0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यस्ता पनि बाबु

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आफ्नै बावुद्वारा छोरी बलात्कृत भएको समाचार सार्वजनिक भएको छ । १७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको भन्दै बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । आफुलाई बाबुले पटक पटक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बुधबार जाहेरी दिएकी हुन् । आरोपितलाई इलाका प्रहरी कार्यालय दोभानको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । पीडितकी आमाको मृत्यु भइसकेको छ। घरमा रहेकी सौतेनी आमा पनि माइती गएको मौकामा राती ९ बजे घरमै बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको डिएसपी बस्नेतले जानकारी दिए । आफूलाई साउन ५ गते अघि पनि पटक पटक बलात्कार गरेको उनले खुलासा गरेकी छन् । घटना सार्वजनिक गर्न र यसअघि प्रहरी कार्यालयमा उजुरी गर्ने हिम्मत नभएकाले ढिला भएको पनि उनले बताएकी छन् । यो पटक भने हिम्मत जुटाएर प्रहरीमा उजुरी गरेको पीडितलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

२०७५ साउन २३ गते ६:५८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: