A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आमाकै सहयोगमा बलात्कारको प्रयास

विराटनगर- १५ की १४ वर्षीया बालिकालाई उनकै आमाको सहयोगमा बलात्कारको प्रयास भएको उजुरी प्रहरीमा परेको छ। आफ्नी १४ वर्षीया छोरीलाई श्रीमतीकै सहयोगमा विराटनगर- ५ बस्ने ४० वर्षीय शम्भु पाण्डेले बलात्कारको प्रयास गरेको भन्दै बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय मोरङमा बिहीबार किटानी जाहेरी दिएका हुन्। बालिकाको बुबाले दिएको उजुरीमा पाण्डे र बालिकाकी आमा मंगलबार ४ बजे आफू नभएको मौका छोपेर कोठामा अस्तव्यस्त शारीरिक अवस्थामा रक्सी र मासु खाएर बसेको र सोही बेला छोरी स्कुलबाट घर पुग्दा बलात्कारको प्रयास भएको उल्लेख छ। पाण्डेले बालिकाले स्कुलको ड्रेस चेन्ज गरेको बेलामा उनकै कोठामा गएर आमालाई २०० रुपैयाँ दिने कुरा गरेको र बालिकालाई पनि ५० रुपैयाँ दिन्छु, डान्स सिकाइदिन्छु, हिरोइन बनाइदिन्छु भन्दै जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ। जाहेरीअनुसार अभियुक्त पाण्डेले बालिकाको संवेदनशील अंगमा हात पुर्‍याएर कपडा खोल्ने प्रयास गर्दा उनी भाग्ने प्रयास गरेकी थिइन् तर उनकै आमाले ढोकामा उभिएर भाग्न उम्कन नदिई छोरीको खुट्टा समाएको र पाण्डेले हात समाई भुइँमा लडाउने प्रयास गरेको जाहेरीमा उल्लेख छ। ‘छोरीले हार गुहार गरी कराई कोठाबाट उम्कन सफल भएपछि मलाई फोन गरेर बताएपछि म घर पुग्दा दुवै जना भागिसकेका थिए’, बुबाले जाहेरीमा उल्लेख गरेका छन्। बालिकाका बुबाले निज पाण्डेलाई बलात्कार अभियोगमा कारबाहीको माग गरेका छन्। प्रहरीले बालिकाकी आमालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा म्याद थप गरेको र फरार रहेका पाण्डेको खोजी भइरहेको जनाएको छ।

२०७५ साउन १७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: