समाचारमा बालबालिका

बालकको खुट्टा काटियो

झापाको दमक ४ स्थित एक आयुर्वेदिक उपचार केन्द्रले गरेको गलत उपचारका कारण एक बालकको खुट्टा गुमेको आफन्तले आरोप लगाएका छन् । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको उनीहरूको भनाइ छ । बराइलीका अनुसार गत मंसिर २३ मा छोरा कोक्रोबाट लडेका थिए । तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगेर एक्स रे गर्दा थाहा भयो उनको देव्रे तिघ्राको हड्डी भाँचिएको रहेछ । जडिबुटी उपचार पद्धतिप्रतिको विश्वासका कारण बराइलीले स्थानीय राजकुमार लिम्बूको उपचार केन्द्रमा पुर्‍याए । उनले भाँचिएको ठाउँमा जडिबुटीको औषधि भन्दै केही धूलो वस्तु दलेर काम्रो बाँधिदिए । त्यसबापत उनले ३ हजार सेवा शुल्क पनि लिएका थिए ।

उपचार गरेर गएको बेलुकादेखि नै बच्चाको खुट्टा सुन्नियो’,बराइलीले भने, बाँधेको भागदेखि तल्लो भागमा आगोले पोले जस्तो पानी फोका निस्कियो । भोलिपल्ट पुनस् बच्चा लिएर बराइलीकहाँ गए ।उपचारमा संलग्न लिम्बूले बाइले काम गर्न थालेको र सुन्निएको घट्न २, ३ दिन लाग्ने भनी आश्वास्त पारेर पठाएका थिए । खुट्टाको अवस्था झन् विग्रियो ।औषधि लगाएर बाँधेको ठाउँदेखि तल पूरै कालो भयो । जडिबुटीले यस्तो भएको थाहा पाएर तत्काल काठमाडौं गयौं’,बराइलीले भने ।उनका अनुसार सुरुमा कान्ति बाल अस्पतालमा देखाइयो । अस्पतालले उपचार गर्न नसक्ने भनी फर्कायो । त्यसपछि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइयो । त्यहाँ चिकित्सकको टिमले एक्स रे, भिडियो एक्स रे गरेपछि थाहा लाग्यो बच्चाको खुट्टा काम नलाग्ने भइसकेको रहेछ । अन्त देखाउँदा काट्नु पर्दैन कि भनेर ग्रान्डीमा देखायौं’,बराइलीले भने, ‘डाक्टरले मासुको बायस्पी गरेर हेरेपछि भने खुट्टा काट्नुको विकल्प नभएको बताए । अन्ततस्स् बालकको खुट्टा काटियो । उनको अझै आईसीयूमा राखेर उपचार भइरहेको छ । यही विषयमा केही दिनअघि दमक नगरपालिकाको न्यायिक समितिमा छलफल भएको थियो। जडिबुटी उपचार केन्द्रका सञ्चालक दिलकुमार लिम्बूले उपचारका कारण खुट्टा विग्रिएको भन्ने प्रमाण नभएको बताए । हामीले उपचार गरेपछि खुट्टा विग्रिएको प्रमाण चाहिन्छ’, उनले भने । प्रहरीले उपचारमा संलग्नविरुद्ध पीडित पक्षले दिन लागेको उजुरी दर्ता नगराएको बराइलीले बताए । इलाका प्रहरी कार्यालय दमकका डीएसपी श्यामल लिम्बूले फौजदारी अभियोग नभएकाले मुद्दा चलाउन नमिल्ने कारण उजुरी दर्ता नगरिएको बताए।

२०७५ पुस २९ गते ९:११ मा प्रकाशित