A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कोकमा रक्सी मिसाएर किशोरी बलात्कार गर्ने युवक पक्राउ

पेयपदार्थ कोकको बोतलमा रक्सी मिसाएर दुई जना युवकले भद्रपुरका एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ, भने एकजना अझै फरार रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ४ फागुचोक निवासी ३२ वर्षीय घरबहादुर लिम्बू रहेको डिएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार घटनामा संलग्न सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी फरार रहेको छ। राजवंशी भारततर्फ फरार भएकाले उनको खोजी कार्य तिव्र बनाइएको डिएसपी श्रेष्ठले बताए। प्रहरीले दिएको जानकारीअनुसार गत पुस २२ गते आइतबार आपसी चिनजानको आधारमा दुईजना किशोरीलाई ती दुई युवकले कोक खान आग्रह गरेका थिए। किशोरीद्वय उनीहरुको कुरा स्वीकार गरी कोक खाइन्। तर, ती दुई युवकले कोकको बोतलमा रक्सी मिसाएको उनीहरुले थाहा पत्तोसमेत पाइनन्। केही समयपछि रक्सीले लठ्ठ परेपछि ती दुई किशोरीमध्ये १५ बर्षीया एक किशोरीलाई नजिकैको जंगलमा लगेर युवकद्धयले सामूहिक बलात्कार गरेका थिए। रक्सीले लठ्ठ परेकी ती किशोरीलाई आफु बलात्कार भएको थाहा समेत भएन। साँझ परेपछि दुवै किशोरी घर नर्फिएपछि उनीहरुको खोजी कार्य भयो। बलात्कार हुनबाट जोगिएकी अर्को किशोरीले परिवारजनलाई सबै घटनाबारे जानकारी गराएपछि मात्र बलात्कार भएको घटना सार्वजनिक भएको थियो। किशोरी बलात्कारमा परेको घटना थाहा पाएपछि उनका परिवारजनले महेशपुर प्रहरी चौकीमा जानकारी गराएका थिए। प्रहरी चौकीमा मुद्दा दर्ता नहुने भएपछि परिवारजनले पुस २७ गते प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा प्रहरीले विशेष सुराकीबाट लिम्बूलाई पुस २८ गते भद्रपुर २ स्थित डिगाउँबाट पक्राउ गरेको हो।

२०७५ पुस २९ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: