A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

इँटाभट्टाबाट ६ बालबालिकाको उद्धार, भट्टा सञ्चालक पक्राउ

आफ्ना बुबा आमासँग आएर इँट्टाभट्टामा काम गर्ने ६ बाल श्रमिकलाई उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र सिविन नेपालको टोलीले इँटाभट्टामा काम गर्ने पाँच भारतीय र एक नेपाली बाल श्रमिकको उद्दार गरेको हो । कटहरी गाउँपालिका– ५ स्थित प्रमाण इटा भट्टामा काम गर्ने ६ जना बालवालिकाको उद्दार गरिएको हो । उद्दार गरिएका बालबालिकालाई पूर्वाञ्चल अनाथ आश्रममा राखिएको छ । इटा भट्टा सञ्चालक विराटनगर महानगरपालिका– ३ बस्ने फणीन्द्रबहादुर ढकाललाई पक्राउ गरिएको छ । ढकाललाई आवश्यक कारवाहीका लागि श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए । प्रहरीले उद्दार गरेका बालकमध्ये पाँच जना भारतका छन् । ती बालबालिकाका अभिभावक सोही इँटा भट्टामा काम गर्छन् । इँटाभट्टामा बालबालिका प्रयोग भएको सूचना पाउनसाथ पुगेको प्रहरीले उद्दार गरिएका बालबालिकाको संरक्षणमा राखेर अभिभावकलाई बोलाएको छ । अभिभावकलाई सचेत गराएर बच्चा जिम्मा लगाउने प्रहरीले जनाएको छ।

२०७५ माघ २ गते ७:३९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: