A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb2o07jsil873omenmfvfq53rdqtvvc38): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गाडीले ठक्कर दिएकी किशोरीको मृत्यु

पाँच दिनअघि जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको लु१ज ३१८५ नम्बरको गो कर्णाली यातायात समितिको टाटा सुमो जिपले ठक्कर दिएर सक्त घाइते भएकी खाँडाचक्र–३, की १८ वर्षीया किशोरी देविका पाण्डेको मृत्यु भएको छ । चालकको लापरबाहीले मृत्यु भएको भन्दै मृतक किशोरीका बाबु पिरमप्रसाद पाण्डेले सवारी ज्यानको महलमा मुद्दा दायर गर्न प्रहरीमा उजुरी दिएका छन् । घरबाट विद्यालय जाँदैगर्दा तीव्र गतिमा आएको जिपले ठक्कर दिएर ढलेकी उनलाई पुनस् गाडीले घाँटीमा किचेर सख्त घाइते बनाएको थियो । उपचारका लागि जुम्ला हुँदै शिक्षण अस्पताल नेपालगन्जमा शनिबार बिहान मृत्यु भएको हो । उनी पञ्चदेव मावि मान्ममा कक्षा ११ मा अध्ययनरत थिइन् । सुरुको ठक्करले हात मात्र भाँचिएको भए पनि मार्नका लागि पुनस् चालकले गाडी लगेर किचेपछि दाहिने आँखा र टाउको फुटेको प्रत्यक्षदर्शीको भनाइ छ । अचेत अवस्थामा घटनास्थलबाट उनलाई जिल्ला अस्पताल पुर्याुइएको थियो । अस्पतालले अवस्था गम्भीर भएको जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठायो । 

एक रात जुम्लामा आइसीयूमा राख्दा होस नआएपछि जहाजमा नेपालगन्ज लगियो । त्यहाँ पनि होस नखुलेरै शनिबार बिहान ११ बजे नेपालगन्जमा मृत्यु भएको आफन्त मणिराम पाण्डेले बताए । उनको शवको नेपालगन्जमा पोस्टमार्टम गरेर परम्पराअनुसार आइतबार दाहसंस्कार गरिएको आफन्त भीमप्रसाद पाण्डेले बताए । आफन्तले चालकलाई कर्तव्य ज्यानको मुद्दा चलाउनुपर्ने, परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने, बिमा, किरिया खर्च उपलब्ध गराउनुपर्ने जनाउँदै कर्णाली राजमार्ग एक घण्टा अवरुद्ध पारे । चालकलाई पक्राउ गरिसकेकाले कडा कारबाही गर्न माग गरिएको छ । आर्थिक अवस्था कमजोर रहे पनि उनका बुवा पिरमप्रसाद पाण्डेले छोरीलाई ऋण सापट गरेर उच्च शिक्षा पढाइरहेका थिए । उनका दुई छोरा र अर्की एक छोरी छन् । ज्याला मजदुरी र बाख्रा पालेर परिवारको लालनपालन गर्थे । हुर्किएकी छोरीको मृत्यु भएपछि देविकाकी आमा बेहोस भएकी थिइन् । अहिले ताडी र मान्म गाउँ शोकमा डुबेको छ । घटनास्थलबाट फरार भएका बाँके, खजुरा गाउँपालिका २ बस्ने २३ वर्षीय गाडी चालक उमेश थापालाई प्रहरीले कोहलपुरबाट नियन्त्रणमा लिएर कालीकोट ल्याइसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्माले बताए । उनले आफ्नो तर्फबाट दोषीलाई उम्किन नदिने जनाए । साँघुरो र अप्ठ्यारो कर्णाली राजमार्गमा पुराना गाडी, सिकारु चालक र तीव्र गतिले दुर्घटना बढी हुने गरेको टाफिक प्रहरी कार्यालयले जनाएको छ ।

२०७५ माघ ३ गते १०:०४ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: