A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मोबाइलको ब्याट्री पड्किँदा एक बालकको मृत्यु, एक घाइते

आगोमा परेको मोबाइलको ब्याट्री पड्किँदा विराटनगरमा एक बालकको घटनास्थलमै ज्यान गएको छ।अर्की एक बालिका गम्भीर घाइते भएकी छन्।विराटनगर महानगरपालिका–१५ रामजानकी चोकमा शुक्रबार दिउँसो स्थानीय जगन्नाथ मण्डलको निर्माणाधीन घरभित्र आगो आगो ताप्ने क्रममा मोबाइल परेको थियो।विष्फोटबाट मृत्यु हुनेमा सुवास मण्डलका ११ बर्से छोरा अमित रहेका मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।त्यस्तै घटनामा राजेश मण्डलकी छोरी राधिका गम्भीर घाइते भएकी छन्। विष्फोटबाट गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल पु¥याएलगत्तै अमितको मृत्यु भएको हो।विष्फोटबाट उनको शरीरका विभिन्न अंग क्षतविक्षत भएको थियो।घाइते राधिकाको दुवै आँखा, अनुहार, हातखुट्टामा गहिरो चोट लागेको छ।कोसी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगर आँखा अस्पताल पठाइएको थियो। अस्पतालले दिएको जानकारीअनुसार राधिकाको दायाँ आँखामा बढी चोट लागेको छ।साथै उनको शरीरको अन्य भागमा पनि गहिरो चोट लागेको छ।आँखाको प्रारम्भिक उपचारपछि बालिकालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ।बाटोमा भेटिएको मोबाइलको ब्याट्री भिकेर बालबालिकाले आगोमा हालेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए।

अन्य कुनै विष्फोटक पदार्थ भेटिएको छैन’, डीएसपी श्रेष्ठले भने भने, ‘आगोमा मोबाइलको ब्याट्री पड्कन्छ भन्ने केटाकेटीलाई थाहा नहुँदा विष्फोट भएको हो’, डीएसपी थापाले भने।आगो तापेर बालबालिका खेल्दै गरेको स्थानमा विष्फोटको ठूलो आवाज आएपछि स्थानीयबीच भागदौड मच्चिएको स्थानीय अनील मण्डलले बताए।‘एक्कासि बम पड्केजस्तो आवाज आयो’, अनीलले भने, ‘विष्फोटपछि घटनास्थल पुग्दा दुई बालबालिका छटपटाइरहेका देख्यौं।’ स्थानीयले तुरुन्त दुवै जनालाई तत्काल उपचारका लागि अस्पतालतिर लगे पनि अमितलाई भने बचाउन नसकिएको बताए। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर इन्द्रबहादुर रानाका अनुसार प्रहरी पुग्दा घटनास्थलमा रगत लतपतिएको थियो।घटनास्थलमा पग्लिएको अवस्थामा मोबाइलको ब्याट्रीजस्तो देखिने वस्तु, खरानी र जलेका बोराका टुक्रा फेला परेको उनले बताए।फेला पारिएका सबै वस्तु परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने जानकारी दिँदै उनले भने, ‘घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ।परीक्षण रिपोर्ट प्राप्त भइसकेपछि अनुसन्धानलाई थप सहयोग पुग्छ।’ घटनास्थलमा विष्फोटबाट खाल्डो नबनेको र विष्फोटमा प्रयोग गरिने कुनै चिज पनि फेला नपरेको जानकारी दिए।

२०७५ पुस २८ गते ६:३९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: