A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

उमेर नपुग्दै आमा

कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका छन्। बाल विवाह गर्नु कानुन विपरित भए पनि यसको वेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन्। यस्तै बाल विवाहको शिकार हुन पुगेकी छिन सर्केगार्ड गाउँपालिका ३ स्थित उनापानी गाउँकी मनमती सार्की।  उनी उमेरले १६ वर्ष पुरा भएर १७ टेक्न थालेकी छन्। तर १७ बर्ष पुग्न नपाउँदै २ सन्तानकी आमा बनिसकिन मनमती। १४ बर्षको उमेरमा आमा बनेकी उनिसंग अहिले ३ वर्षको छोरा र ६ महिनाकी छोरी छन्। मनमती मात्र होइन उनीजस्तै धेरै किशोरीहरु बाल विवाहको चपेटामा परेका छन्। पुसको पहिलो हप्ता छोरा जन्माएकी दुधकली सार्की अहिले १५ वर्षकी पुगिन्। सुत्केरी भएर १५ दिन गोठमै बस्नु पर्ने, पुसको कठ्याङ्ग्रिने चिसोमा ओढ्ने ओछ्याउने प्रशस्त नभएपछि २ बच्चाको स्याहार गर्न गाह्रो भएकोले सुत्केरी अवस्थामैे राम्रो स्याहार नहुँदा जन्मको १३ दिनमै छोरा गुमाएकी दुधकला १३ बर्षको उमेरमा विवाह गरी १५ बर्ष पुग्न नपाउँदै २ सन्तानकी आमा बनेकी छिन। प्रजनन स्वास्थ्यमा ध्यान नभएका कारण समस्या भोग्नुपरेको उनको भनाई छ। गर्भवती भएको अवस्थामा स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउनुपर्छ भन्ने जानकारी समेत छैन यहाँका किशोरीलाई। ‘हामीलाई थाहा नै छैन स्वास्थ्य संस्थामा गएर चेक गर्दा र त्यहीँ सुत्केरी भए भत्ता पनि पाइने रैछ’, अचम्म मान्दै १६ वर्षकी सुपुरी कामीले भनिन। सानैमा विवाह गरेका यिनीहरु उमेर भन्न हिच्किचाउँछन्। बुहारी बनेपछि घरको सबै काम आफैले गर्नुपर्छ। के गर्ने के नगर्ने केही पनि थाहा हुँदैन, काम गर्न गाह्रो हुन्छ भन्छिन सुपुरी। यसरी उमेर नपुग्दै विवाहा गर्ने यिनीहरु त जिल्लाका प्रतिनिधि पात्र मात्रै हुन्।

हुम्लाको सर्केगार्ड गाउँपालिका २ स्थित उनापानी गाउँमा अनौठो संस्कार छ। कोही महिला गर्भवती भएको समयमै हात माग्छन त कोही जन्मी सकेपछि पोत लगाई दिन्छन,तपाइकी छोरी भए मेरो छोरालाई दिनुपर्छ’ वा ‘तपाइको छोरा भए मेरी छोरी दिन्छु’ भन्दै हात माग्न जाने चलन अझै छ हुम्लामा। बच्चा जन्मेको एक÷दुई वर्षमा छोरी मान्छेलाई सिक्काको माला, वा पोते लगाएर अबदेखि मेरो भयो भन्दै बच्चा जन्मेको एक दुई वर्षमा छोरालाई बुहारीका लागि सानैमा हात माग्ने भन्दै पोते लगाउने पुरानो चलन अहिले पहिलाको तुलनामा घट्दै गइरहेको भए पनि निर्मुल चै हुन नसकेको सर्केगार्ड गाउँपालिका २ का स्थानीय गोइध्या फडेराले बताए। हुम्लाका अधिकांश किशोरीहरु विद्यालय जाने उमेरमै आमा बन्ने गरेका छन्। किशोरीहरु विहेपछि विद्यालय जानै छाड्ने गरेको स्थानीय सबिता थापाले बताइन्। जनचेतनाका कमीले विवाहका लागि किशोर किशोरीहरु विद्यालयबाटै भाग्ने गरेका छन्। यो चलन जिल्ला भरी कुसंस्कारको रुपमा रहेको भएपनि बिशेष गरी बाहुन र दलित बस्तीहरुमा बिद्यमान अबस्थामा रहेको छ।

२०७५ माघ ३ गते १०:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: