A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj1pcm1l727bcm7i4792oi39n8na0li4l): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाहविरुद्ध मुसहर किशोरी

मुसहर समुदायका किशोरीहरू अचेल कानुनी र शारीरिक, मानसिक रूपमा समेत सबल नभएसम्म विवाह गरिदिन हतारो गर्नुहुन्न भन्दै बालविवाह विरुद्धको अभियानमा सक्रिय भएका छन् । दलित मुसहर समुदायमा बालविवाहचलन कायमै रहेपछि उनीहरू अभियानमासक्रिय भएका हुन् । कक्षा १० मा पढ्दै गरेकी सिरहा मलहनवा मुसहर बस्तीकी १६ वर्षीया राधिका सदाय मुसहरलाई उनका अभिभावकले विवाह गरिदिन खोजे । बुवा झगडु र आमा ठकनीका एक मात्र छोरी राधिकालाई विवाहका लागि मगनी आयो । विभिन्न संघसंस्थाले दिएको तालिम र स्कुले शिक्षाबाट बालविवाहबारे जनाकार राधिकाले विवाह मगनीलाई अस्वीकार गरिन् । ‘विवाह अस्वीकार गरेलगत्तै अभिभावकले हेला गर्न थाले,’ राधिकाले भनिन्, ‘कानुनी र शारीरिक रूपमा पनि विवाह गर्ने उमेर होइन भन्दा अभिभावकले बेवास्ता गर्न थाले, एकमात्र सन्तान भएकाले विवाह छिटो गर्नुपर्ने ढिपी गरिरहे ।’ विवाह टार्न पनि उनले टोलका सँगै पढ्ने संगीहरूलाई भेला पारिन् । र, बालविवाह चलनविरुद्ध समाजमा लड्ने निधो पुगिन् । बस्तीकै कक्षा १० मा पढ्ने सुमित्रा कुमारी सदाय मुसहर, सन्तोषी, कक्षा ९ मा पढ्ने सुमिता, कक्षा ८ मा पढ्दै गरेकी अनुषा सदाय मुसहरले बालविवाह चलनविरुद्ध अग्रसरता देखाए । राधिकाकै अगुवाइमा उनीहरूले नमुना किशोरी समूह गठन गरे ।

मुसहर किशोरी समूहले राधिकाका अभिभावकलाई बालविवाह कानुनी रूपमा दण्डनीय हुने र शारीरिक, मानसिक रूपमा दुर्बल हुने सुझाए । त्यसो त राधिकाका बुवा झगडुले १४ वर्षको उमेरमा ठकनीसँग लगनगाँठो कसेका थिए । छपराडीका झगडु विवाह लगत्तै ससुराली मलहनवामा बस्न थाले । १६ वर्षको उमेरमा ठकनीले राधिकालाई जन्माइन् । त्यसपछि झगडु र ठकनीको सन्तान भएन । सानै उमेरमा ठकनीले बच्चा जन्माएको कारण अरू बच्चा नभएको बुझिन् । छोरीलाई विवाह गरिदिन खोज्ने तीनै झगडु अहिले छोरी राधिकासँगै बालविवाह विरुद्धको अभियानमा सक्रिय भएका छन् । अभियानमा संलग्न विवाहबारे जानकारी नहुँदै १६ वर्षमै सिरहा मोहनपुर कमलपुरकी सुमिता सदाय मुसहरलाई अभिभावकले मलहनवामा अन्माएर पठायो । माइतीघर मोहनपुर कमलपुरले उनलाई १६ वर्षसम्म मात्र हुर्किने अवसर दियो । त्यसपछि उनी पराया घरमा संघर्ष गर्न बाध्य भइन् । कक्षा ८ मा पढ्दै गर्दा मलहनवाका जितेन सदाय मुसहरसँग उनको २०७४ वैशाख ७ मा मागी विवाह भएको थियो । ‘कलिलै उमेरमा बुहार्तन सहनुपर्‍यो,’ उनले भनिन्, ‘पराया घरमा जनवन ९ज्याला मजदुरी०मा खटिनुपर्दा समस्या भयो ।’ तर यहाँ आएपछि किशोरीहरूले बालविवाह विरुद्ध संगठित हुन थालेपछि उनी पनि अभियानमा संलग्न भइन् । अहिले समूहमा २५ किशोरी संलग्न छन् । ‘अभियानमा संलग्न भएपछि बालविवाह कानुनी रूपमा दण्डनीय र शारीरिक, मानसिक रूपमा पनि असर पर्ने थाहा भयो,’ उनले भनिन्, ‘त्यसपछि आफ्नै मुसहर समुदायमा बालविवाहविरुद्ध अभियानमा सरिक हुन थालें ।’ किशोरी समूहले सुमितालाई कक्षा ९ मा नामांकन गरिदिएपछि फेरि स्कुल जान थालेकी छन् । तालिमहरूमा सक्रिय हुन थालेकी छन् । ‘अभियानले मलाई ठूलो शिक्षा दियो,’ उनले भनिन् ‘अब २० वर्ष नपुगी बालबच्चा नजन्माउने निधोमा पुगेका छौं ।’ बालविवाह गर्नुभन्दा शिक्षा दिनुपर्छ भनी हिँड्दा अवरोध समेत भएको स्मरण गर्दै उनी भन्छिन्, ‘अहिले गाउँकै पुरुष लगायत अभिभावक किशोरीहरूको सक्रियता राम्रो रहेछ भन्न थालेका छन् ।’ सुमिताका पति जितेन पनि अहिले उनको अभियानमा सक्रिय छन् । जितेन भन्छन्, ‘थाहा नहुँदा सानै उमेरमा बिहे गरे पनि २० वर्षपपारि बालबच्चा जन्माउने निर्णयमा पुगेका छौं, २० वर्ष पुगेपछि मात्रै सन्तानको रहर पूरा गर्छौं । अभियानमा संलग्न किशोरीहरूले घरघरमा गएर ‘बिहेबारी २० वर्षपारि’ लगायत कानुनी प्रावधानका बारेमा अभिभावकलाई सुझाउँछन् । टोलका अभिभावकहरूलाई बेलाबेलामा भेला पारेर उनीहरूले बालविवाहसँगै भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध ९संहिता० ऐन २०७४ अनुसार बालविवाह, दाइजो माग्ने र दाइजोका कारण महिलामाथि हुने हिंसा, बहुविवाहका बारेमा जानकारी गराउँछन् । मुलुकी अपराध ९संहिता० ऐनमा २० वर्ष नपुगी बिहे गरे ३ वर्ष कैद, दाइजो मागे ३ वर्ष र बहुविवाह गरे ५ वर्ष जेल सजायको व्यवस्था गरेको छ । मलहनवाकै १३ वर्षको उमेरमा विवाह गरेका ३८ वर्षीय लखना सदाय मुसहर किशोरीको अभियानपछि बालविवाह रोकिएको बताउँछन् । त्यति मात्र होइन, किशोरी हस्तक्षेपछि सामाजिक कार्य र सामाजिक कुरीतिसमेत न्यूनीकरण भएको उनले सुनाए । किशोरीको अभियान देखेर दलित जनकल्याण युवा क्लबले समेत उनीहरूलाई कानुनी सचेतनाबारे तालिम, गोष्ठी दिएर अभियानमा सहयोग गरेको छ ।क्लबका कार्यकारी निर्देशक विनोद विसुन्केले समाज परिवर्तनमा दलित मुसहर किशोरी समूह कोसेढुंगा साबित भएकाले उनीहरूको अभियानले दलित मुसहर समुदायम वर्षौंदेखि जकडिएर रहेको बालविवाह अन्त्य भएको बताए । लहान नगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष कमल यादवले दलित मुसहर किशोरी समूहको अभियान वडाभरि सञ्चालन गरी वडालाई नै बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

२०७५ माघ १ गते ९:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: