समाचारमा बालबालिका

रूखकाे हाँगाले लागेर बालककाे मृत्यु

https://www.setopati.com/social/235373  वैशाख ९

झापाको कमल गाउँपालिका वडा नं ५ सीतापुरीमा रूखकाे हाँगा भाँचिएर लाग्दा एक जना बालककाे मृत्यु भएको छ।

Read More

ट्याक्टरले किचेर पर्सामा दुई वर्षीय बालकको मृत्यु

https://www.onlinekhabar.com/2021/04/946542 २०७८ वैशाख ५

५ वैशाख, काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिका–५ मा ट्याक्टर किचेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।

आइतबार बिहान ना ४ त १७०८ नम्बरको ट्याक्टरले किचेर जगरनाथपुर गाउँपालिका–५ मधुआका पानालाल पटेलका दुई वर्षीय छोरा निपेश पटेलको मृत्यु भएको हो ।

Read More

विराटनगरमा खोलामा डुबेर बालकको मृत्यु

https://www.onlinekhabar.com/2021/04/946538 २०७८ वैशाख ५

५ वैशाख, काठमाडौं । खोलामा डुबेर विराटनगरमा एक बालकको मृत्यु भएको छ । आइतबार सिंगिया खोलामा डुबेर विराटनगर महानगरपालिका–८ का सात वर्षीय छोरा उप्लव बस्नेतको मृत्यु भएको हो ।

Read More

बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ

https://ratopati.com/story/176253/2021/4/18/rape-  बैशाख ५, २०७८

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–७ बलुवा घर भएका सुनिल कुमार यादवलाई पक्राउ गरेको छ । १९ वर्षीय सुनिलले १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बालिका बलात्कार गरेर भागेका उनलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Read More

बेपत्ता बालकको शव सिंघीया खोलामा भेटियो

https://www.onlinekhabar.com/2021/04/946412  २०७८ वैशाख ५

५ वैशाख, विराटनगर । शनिबारबाट बेपत्ता भएका बालक आइतबार बिहान मृत भेटिएका छन् ।

शनिबार साँझदेखि हराइरहेका विराटनगर महानगरपालिका-८ का ७ वर्षीय बालक उलभ बस्नेत सिंघीया खोलामा मृत फेला परेका हुन् ।

Read More

बैतडीमा बालकको हत्या, एकजना पक्राउ

https://www.onlinekhabar.com/2021/04/946321 २०७८ वैशाख ४

४ वैशाख, काठमाडौं । हतौडा प्रहारबाट बैतडीमा एक बालकको हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको शनिबार बिहान हत्या भएको हो ।

महेशको हत्या गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने २२ वर्षीय नारायण भुललाई प्रहरीले पक्राउ गरेको छ । खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमका अनुसार मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले घरमै  हतौडा  प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

ट्याक्टरबाट खसेर गोरखामा एक विद्यार्थीको मृत्यु

https://www.setopati.com/social/234385 चैत ३१

ट्याक्टरबाट खसेर गोरखामा एक जना विद्यार्थीको मृत्यु भएको छ। 

गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ९ छेलाङ नजिकै आज बिहान गुडिरहेको ट्याक्टरबाट खसेर सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षीय विद्यार्थी विवश ढकालको मृत्यु भएको हो।

गोरखाको घैरूङबाट नाम्जुङ गाउँतर्फ आइरहेको ग १ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर ढकालको मृत्यु भएको हो।

Read More

तीन दिनदेखि हराएकी बालिकाको शव भेटियो

http://annapurnapost.com/news/177748 २४ चैत २०७७ 

मुगु : शनिबारदेखि हराएकी एक बालिकाको शव भेटिएको छ। सोरु गाउँपालिका-९ कि ९ वर्षीया लक्ष्मी चौलागाईको शव मुगु कर्णाली नदीमा भेटिएको हो। 

सोरु गाउँपालिका-८ तारापानीबाट हराएको जानकारी पाएपछि प्रहरी र स्थानीयले खोजतलास गर्दा कतै फेला नपरेकी बालिकाको शव सोमबार माछा मार्न गएका स्थानीयले भेटेका हुन्। 

Read More

प्यूठानमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

https://ekantipur.com/pradesh-5/2021/04/07/161777856364395417.html चैत्र २५, २०७७

प्यूठान — प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई  बालबालिकाको मृत्यु भएको छ ।

बुधबार बिहान ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उाका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

Read More

गुल्मीमा आगलागीमा परेर बालिकाको मृत्यु

https://ekantipur.com/pradesh-5/2021/04/02/161736081160272775.html चैत्र २०, २०७७

पाल्पा — गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्ला धाराखोलामा आगलागीमा परेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ९ वर्षीया संगीता परियारको घर नजिकैको धाराखोली बले सल्ला सामुदायिक वनमा आगलागी हुँदा जलेर मृत्यु भएको हो ।

Read More

पौडी खेल्ने क्रममा पोखरीमा डुबेका दुई बालकको शव फेला

https://www.onlinekhabar.com/2021/04/942494 २०७७ चैत १९

१९ चैत, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका दुईजना बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

Read More

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

https://ekantipur.com/pradesh-4/2021/04/01/16172793453969655.html चैत्र १९, २०७७

बागलुङ — बालिका बलात्कार गरेको आरोपमा बागलुङ प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

काठेखोला गाउँपालिका–१ की १५ वर्षीया बालिकालाई स्थानीय वृद्धले बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए ।

Read More

बालिकालाई कपडा पसलमा काम दिने भन्दै लगे, पछि बन्धक बनाएर राखे

https://www.setopati.com/social/233457 चैत १९

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले पाँच जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए।

परिसरमा १६ वर्षीया बालिकालाई कपडा पसलमा काममा लगाइदिने भन्दै काठमाडौंको माकलबारीस्थित फ्ल्याट भाडामा लिएर होटलमा ग्राहकसँग जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा खटिएको टोलीले तीन पुरूष र दुई महिलालाई पक्राउ गरेको हो।

Read More

बालिकालाई यौन दुर्व्यवहारको आरोपमा १ जना पक्राउ

https://www.onlinekhabar.com/2021/03/942254 २०७७ चैत १८

१८ चैत, वीरगञ्ज । पर्सामा १० वर्षकी बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । माघ २५ गते बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ छपकैयाका ४५ वर्षका भुनेश राउत कुर्मी पक्राउ परेका हुन् ।

मुलुकी अपराध संहिता २०७४ ले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको ठहर्ने उल्लेख गरेको छ ।

Read More

घाँस काट्न गएका ७ जना बेपत्ता

https://www.onlinekhabar.com/2021/03/942055 २०७७ चैत १८ 

१८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएका छन् ।

१८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Read More

सामूहिक बलात्कार प्रयास आरोपमा ४ पक्राउ

https://ekantipur.com/pradesh-4/2021/03/31/16171568983229577.html चैत्र १८, २०७७

स्याङ्जा — सामूहिक बलात्कार प्रयास आरोपमा हरिनास गाउँपालिकाबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

Read More

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एकजना पक्राउ

https://www.onlinekhabar.com/2021/03/941710 २०७७ चैत १६

१६ चैत, गोरखा । १४ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ थर्पुका ४० वर्षीय भगवान खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

इनारमा डुबेर बालकको मृत्यु

https://www.onlinekhabar.com/2021/03/941427  २०७७ चैत १५

१५ चैत, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा आइतबार सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ । सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको हो ।

 

Read More

होली खेल्ने क्रममा छ्यापेको एसिडले तीनजना घाइते

https://www.onlinekhabar.com/2021/03/941534 २०७७ चैत १६

१६ चैत, काठमाडौं । होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा तीनजना घाइते भएका छन् ।

शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा उसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

Read More

आफूलाई बलात्कार गरेको भन्दै अनाथालय सञ्चालकविरूद्ध अनाथालयकै १४ वर्षीया बालिकाले दिइन् उजुरी

https://www.setopati.com/social/232915 चैत १२  

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीमा अनाथालय सञ्चालन गर्दै आएका विष्णु चौधरीविरूद्ध प्रहरीमा बालिका बलात्कारसम्बन्धी उजुरी दर्ता भएको छ। 

उनीविरूद्ध अनाथालयकै एक १४ वर्षीया जुम्लाकी बालिकामाथि जबरजस्ती बलात्कार गरेको जाहेरी परेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।

‘उजुरी प्रहरीमा बुधबार बेलुका नै आएको हो,’ एसपी चन्दले भने, ‘पीडित बालिकाको मेडिकल गराई बिहीबार उजुरी दर्ता भएको छ।’

चौधरीले अभिभावकविहीन (अनाथ) बालबालिकालाई संरक्षण र शिक्षा दिक्षा दिने भन्दै बिजौरीमा ‘असहाय बाल विकास नेपाल’ नामक अनाथालय सञ्चालन गर्दै आएका छन्। चौधरी उक्त अनाथालयका सञ्चालक हुन्। 

Read More