A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmtveei374su55iba6ugdc8incja13m7g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

टिपरको ठक्करबाट बाबु-छोराको घटनास्थलमै मृत्यु, अटो रिजर्भमा परिवारै जाँदै थिए मन्दिर दर्शन गर्न

मंसिर २० https://www.setopati.com/social/256066

प्युठानमा टिपरले अटोलाई ठक्कर दिँदा बाबु-छोराको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन जना घाइते छन्। 

जिल्लाको प्युठान नगरपालिका वडा नं. ३ घुर्चनेका ४२ वर्षीय अमृत लाल थापा र उनका ५ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै मृत्यु भएको हो। 

जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा परी ३४ वर्षीय पुनम थापा, ११ वर्षीय दुर्गा थापा र १३ वर्षीय सुस्मा थापा घाइते छन्। 

घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको डिएसपी थापाले बताए। 

घाइते र मृतक एकै घर परिवारका व्यक्ति  हुन्।

प्रहरीका अनुसार उनीहरू अटो रिजर्भ गरी स्वर्गद्वारी मन्दिरको दर्शन गर्न भनेर जाँदै गरेका थिए।

दाङबाट इँट्टा बोकेर प्युठानतर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले सोमबार दिउँसो १ बजेतिर रा १ ह ७५०७ नम्बरको अटोलाई ठक्कर दिँदा उक्त घटना भएको प्रहरीले जनाएको छ। 

टिपरले अटोलाई प्युठानको माण्डपी गाउँपालिका वडा नं. ५ को चकचके– चरनेटा सडकखण्डमा ठक्कर दिएको प्रहरीले जनाएको छ। 

टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: