समाचारमा बालबालिका

बर्दियामा विवाह गर्छु भन्दै किशोरीको यौन शोषण गर्ने पक्राउ

https://ratopati.com/story/200762/2021/9/24/bardiya-rape असोज ८, २०७८

विवाह गर्ने प्रलोभन देखाउँदै घरमा लगेर झण्डै डेढ महिनासम्म एक किशोरीको यौन शोषण गर्दै आएका बर्दियाका एक युवक प्रहरीद्वारा पक्राउमा परेका छन् । जिल्लाको मधुवन नगरपालिका–१, कुसुम्बा बस्ने २४ वर्षीया सुरेश मगर १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको मुद्दामा पक्राउ परेका हुन् ।

निजले विवाह गर्छु भन्दै साउन २४ गते ती किशोरीलाई घरमा लगेर राख्दै असोज ६ गते सम्म उनको यौन शोषण गरेको र त्यसपछि आफूमाथि यौन शोषण मात्रै गर्न खोजिएको किशोरीले चालपाई अभिभावकसहित जबरजस्ती करणीको मुद्दा दर्ता गरे पछि मगरलाई पक्राउ गरिएको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए । विवाह गर्छु भन्दै कहिले ललाई फकाई यौन शोषण त कहिले कुटपिट धाक धम्की समेत दिने गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको एसपी कार्कीले बताए ।