A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु

https://ratopati.com/story/201280/2021/9/28/child-death  असोज १२, २०७८

मकवानपुरको राक्सिराङमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको विकट मनिने राक्सिराङ गाउँपालिका वडा नम्बर–८ मा पर्ने गिर्खे खोलाले बगाउँदा स्थानीय १२ वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार दिउँसो भएको वर्षाका कारण उक्त खहरे खोलामा आएको भेलले विद्यालयबाट घर फर्कदै गरेकी खोलाले स्थानीय १२ वर्षीया मनिता माया थिङलाई गिर्खे खोलामा आएको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

राक्सिराङ–८ को देवीटार माविको कक्षा ५ मा पढ्ने थिङलाई खोलाले बगाएपछि उनको शव करिव १ किलोमीटर पर फेला परेको प्रहरी उपरीक्षक रिमालले बताए । ३ जनाको समूहमा विद्यालयबाट घर फर्किदै गरेका उनीहरुलाई बगाएको भएपनि २ जना भने सकुशल खोला पर गर्न सफल भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

उनले भौगोलिक अवस्थाका कारण राक्सिराङ गाउँपालिकामा यस्ता दुर्घटना हुने गरेको बताए । पालिकाको स्रोत र साधनले सम्भव भएसम्म विपदको न्यूनीकरणका काम गरेको तर, पालिकाको मात्र पहलले सो क्षेत्रको विकास सम्भव नरहेकोले संघीय सरकार र प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर थप बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

बगरको बाटो हुँदै घर फर्किरहेका उनीहरु दैनिक ३ किलोमिटर यात्रा गरेर अध्ययनका लागि विद्यालय पुग्ने गरेका छन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउँदै गरेको गरेको उनको भनाइ छ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: