समाचारमा बालबालिका

ठिमीको कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

https://www.setopati.com/social/250288 असोज १४, २०७८

भक्तपुरको मध्यपुर ठिमीस्थित कमलपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ।

बुधबार दिउँसो २ बजे पोखरीमा डुबेर खोटाङ जन्तेढुंगा गाउँपालिका घर भएका ६ वर्षीय बालक रोशन खड्काको मृत्यु भएको हो।

उनी ठिमी नगरपालिका-८ बोडेमा बसिरहेका थिए। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार खड्कालाई डुबेको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरी पुगेको थियो।

बालकलाई उद्धार गरी उपचारको लागि नागरिक अस्पताल ठिमीमा लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।